Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलको कान्ति मा.वि.मा शिक्षक भर्नामा अनियमितता 


१९, साउन २०८०
  • 481
    SHARES
  • बुटवलको कान्ति मा.वि.मा शिक्षक भर्नामा अनियमितता 

    बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयमा शिक्षक भर्ना प्रक्रियामा अनियमितता भएको तथ्य फेला परेको छ । प्रा.वि.का लागि एकजना र नि.मा.विका लागि एकजना शिक्षक छनौट परीक्षामा नियम विपरीत विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले परीक्षा शुरु भएको समयमा प्रश्नपत्र एकाएक खोसेर आधा घन्टापछि थप दुईवटा प्रश्नहरु थपेर परीक्षा गराएर शिक्षा ऐनको धज्जी उडाएको पाईएको हो ।

    गत असार १७ गते विद्यालयले एक सुचना जारी गर्दै आधारभूत कक्षा १–५ अंग्रेजी विषय र कक्षा ६–८ सम्म सामाजिक विषयका लागि शिक्षक आवश्यक परेको भन्दै निवेदन दिने अन्तिम मिति असार २४ गतेसम्म समयसीमा खुल्ला गरेकोमा २७ जनाले आवेदन दिएको र असार २५ गते परीक्षा भएको थियो । तर विवाद भएपछि एकहप्ता पछाडि सारेर फेरी परीक्षा गराईएको थियो । 

    निवेदकहरुबाट परीक्षा दस्तुर भनेर ७५० लेखिएको सुचनामा प्रति प्ररीक्षार्थी ७ सय ५० रुपैयाँ लिनुपर्नेमा तर विद्यालयको छनौट प्रक्रियामा बसेकाहरुले भत्ता स्वरुप भन्दै ५ हजार रुपैयाँ लगेको स्रोतले जनाएको छ । तर उक्त भत्ता दिने भन्ने बारेमा विद्यालय व्यवस्थापन समितिले कुनै निर्णय नगरेको समितिले जनाएको छ । समिति भन्छ, "व्यवस्थापन समितिले निर्णय नगरी जभाभावी रुपमा  पैसा विभिन्न शिर्षकमा बाड्नु गैरकानुनी हुन्छ, हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।"

    अहिले सो विषय आन्तरिक रुपमा निकै पेचिलो बन्दै गएको बुझिएको छ । स्रोतका अनुसार उक्त बिषयलाई बाहिर आउन नदिनका लागि विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीलाई बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले यथाशीघ्र भित्रै मिलाउन दबाब दिदै आएको बताईएको छ । 

    यस बिषयमा उपमहानगरपालिकामा शिक्षक भर्ना प्रक्रियामा एकसय पूर्णाङ्कको परीक्षा नभएको र प्रश्नपत्र बाँडेर दुईवाट प्रश्नको उत्तर लेखिसकेको अवस्थामा पुनः प्रधानाध्यापकबाट सबै प्रश्नपत्र खोसेर दुईवटा प्रश्न थपेर परीक्षा गराउनु नियम विपरीत भयो यसलाई बदर गरि पुनः परीक्षा गराउनुपर्ने भन्दै निवेदन परेको भएपनि त्यसको कुनै सुनुवाइ नभएको जनाईएको छ ।

    यस बिषयमा बुझ्नका लागि विद्यालयका प्रधानाध्यापक ज्ञवालीलाई सम्पर्क गर्दा आफु नगरपालिकामा एउटा बैठकमा भएको र आधा घण्टापछि कुरा गर्ने वचन दिएपनि सम्पर्कमा आएनन्, भने छनौट प्रक्रियामा बसेकाहरुले पाँच हजार लगेको भन्ने बारेमा बुझ्न विद्यालयका लेखा प्रमुख अञ्जु अधिकारीलाई सम्पर्क गर्दा सफल हुन सकेन ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend