Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग


२८, असार २०८३
  • 89
    SHARES
  • शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग

    काठमाण्डाै – निजी विद्यालयका प्रमुख ४ छाता सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षामा लगाएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।

    प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन् ।

    प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो ।

    एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेले विगतमा डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्वअर्थमन्त्री युवराज खतिवडाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो ।

    हिसान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कारबाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो ।

    सङ्गठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि विनाधितो शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षासम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग राखेका छन् ।

    यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली २०८३ प्रति १४ वटा शैक्षिक परामर्श सङ्घ–संस्थाले आपत्ति जनाएका छन् ।

    मन्त्रिपरिषदबाट स्वीकृत याे नियमावलीमा अव्यावहारिक धरौटी व्यवस्था, अत्यधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ । उनीहरूले धरौटी व्यवस्था पूर्णरूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend