Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने


२०, साउन २०८०
  • 217
    SHARES
  • बागमती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने

    हेटौँडा । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो ।

    शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल रु एक करोड ८१ लाख ५० हजार खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविकोपार्जनमा जोड्ने गरी कार्यक्रम गर्न लागेको शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । यो कार्यक्रम लागू गर्न कार्यविधि बन्ने चरणमा रहेको छ ।

    विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम गर्न लागिएको निर्देशक दर्जीले बताउनुभयो । सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उहाँले बताउनुभयो ।

    गत आ.व मा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आवमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको जनाइएको छ । विद्यार्थी विद्यालयमा पढेर बाहिर निस्कँदा जीविकोपार्जन गर्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागिएको बताइएको छ । अबको दिनमा कुन काम गर्न चाहेको हो विद्यालयसँग आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने निर्देशनालयले जनाएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend