Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिरियामा २ वटा बस एक-आपसमा ठोक्किंदा ३५ जनाको मृत्यु, ३० घाइते


१०, साउन २०८३
  • 92
    SHARES
  • सिरियामा २ वटा बस एक-आपसमा ठोक्किंदा ३५ जनाको मृत्यु, ३० घाइते

    एजेन्सी। सिरियामा २ वटा बस एक-आपसमा ठोक्किँदा करिब ३५ जनाको मृत्यु भएको छ।

    साेही दुर्घटनामा परी अन्य ३० जना घाइते भएका हुन् । शनिबार भएको बस दुर्घटना पूर्वी सिरियालाई राजधानी दमास्कससँग जोड्ने करिब ४ सय किलोमिटर लामो देर एज जोउर–दमास्कस राजमार्ग अन्तर्गत अल–सुखनाह र पाल्मिरा बीचको सडक खण्डमा भएको अलजजिराले जनाएको छ।

    सिरियाको गृह मन्त्रालयले एउटा बसमा आन्तरिक सुरक्षा बलका सदस्यहरू सवार रहेकाे र अर्को बसमा सर्वसाधारण यात्रुहरू यात्रा गरिरहेकाे जनाएकाे हाे।

    मन्त्रालयले दुर्घटनापछि उद्धारका लागि तत्काल एम्बुलेन्सहरू घटनास्थलमा पठाइएको बताएको छ। घाइतेहरूलाई उपचारका लागि होम्स सैन्य अस्पताल पुर्‍याउन घटनास्थलमा धेरै वटा हेलिकोप्टर समेत परिचालन गरिएको सरकारी समाचार संस्था सिरियन अरब न्युज एजेन्सीले जनाएको हाे।

    दुर्घटना भएको देर एज जोउर–दमास्कस राजमार्ग कमजोर सुरक्षा मापदण्डका कारण जोखिमपूर्ण सडकका रूपमा परिचित छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend