Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त नियुक्त, दुई निर्वाचन आयुक्त पनि नियुक्त


१४, साउन २०८३
  • 68
    SHARES
  • मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त नियुक्त, दुई निर्वाचन आयुक्त पनि नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्त गरेका छन्।

    राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो ।

    त्यसैगरी निर्वाचन आयुक्तमा गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की मोरङका हुन् भने निर्वाचन आयुक्त गुरु प्रसाद वाग्ले ओखलढुङ्गाका र डा. राजीव सुब्बा काठमाडौँका हुन्।

    राष्ट्रपति कार्यालयका अनुसार तीनै जनाको नियुक्ति संवैधानिक परिषद्को सिफारिसअनुसार गरिएको हो । उनीहरूको संसदीय सुनुवाइ बुधबार सकिएको थियो ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend