Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिका–इरान सहमतिको मस्यौदा अन्तिम चरणमा पुगेको मध्यस्थकर्ताको दाबी


२०, साउन २०८३
  • 91
    SHARES
  • अमेरिका–इरान सहमतिको मस्यौदा अन्तिम चरणमा पुगेको मध्यस्थकर्ताको दाबी

    काठमाडौं - अमेरिका र इरानबीचको सम्भावित सम्झौताका लागि मस्यौदाहरू तयार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिका र इरानबीचको सम्भावित सम्झौताको मस्यौदा परिचालनको चरणमा रहेको र यो अत्यन्तै प्रगतिशील चरणमा पुगेको बताको समाचारमा उल्लेख छ। यो छोटो अवधिको कूटनीतिक समाधानका लागि भएको स्पष्ट पार्दै मन्त्रालयले अहिले नै प्रत्यक्ष वार्ताबारे कुनै ठोस कुरा नभएको तर कतार, ओमान र पाकिस्तानले अमेरिका र इरानबीचको संवादलाई सहज बनाउन प्रयास गरिरहेको जनाएको छ। 

    कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन संवाद गरी क्षेत्रमा तनाव घटाउने र दुई देशबीचको मतभेद अन्त्य गर्ने उपायहरूबारे छलफल गरेका छन्।

    इरानले अमेरिकी नौसेनाद्वारा आफ्ना निर्यात तथा जहाजहरूमाथिको नाकाबन्दीलाई चुपचाप सहेर नबस्ने कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले तोकिएको रुटबाहेक अन्य मार्गबाट हर्मुज स्ट्रेट पार गर्ने कुनै पनि ढुवानी जहाजलाई तेहरानले अनुमति नदिने र अन्य रुटबाट जाने अमेरिकी युद्धपोतहरूलाई निशाना बनाइने चेतावनी दिएका छन्। 

    अर्कोतर्फ, इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँग सुरक्षित नौवहन रुटबारे वार्ता सकारात्मक रूपमा अघि बढिरहेको र यसले दुवै देशको सार्वभौमिकता तथा राष्ट्रिय सुरक्षाको रक्षा गर्ने बताएका छन्।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्ट्रेट अफ हर्मुजमा सुरक्षित आवागमनको सम्झौतामा प्रगति भएको तर अन्तिम रूप भने नदिइएको बताए। दीर्घकालीन रूपमा इरानको पारमाणविक निःशस्त्रीकरण मुख्य उद्देश्य भए पनि हाललाई हर्मुज स्ट्रेटबाट थप जहाजहरू सुरक्षित रूपमा पास गराउनु तात्कालिक प्राथमिकता रहेको उनको भनाइ छ। 

    हर्मुज स्ट्रेट चाँडै खुल्ने अमेरिकी अधिकारीहरूको बयानपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। विश्वव्यापी तेलको बेञ्चमार्क मानिने ब्रेंट क्रुड ५ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ७९.५० डलर मा झरेको छ। गत जुलाई १३ यता तेलको मूल्य ८० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। पछि यो केही सुधार हुँदै ४ प्रतिशतको घटबढसँगै ८०.५० डलर प्रतिक ब्यारेलमा कारोबार भएको छ।

    अमेरिकी तेल बेञ्चमार्क डब्लूटीआई ५.५ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ७५.७७ डलर मा पुगेको छ, जुन तीन सातायताकै न्यून विन्दु हो। पछि यो ४.३ प्रतिशतको घटबढसँगै ७६.९० डलर प्रतिब्यारेल कायम भएको छ। तेलको मूल्य घटेसँगै अमेरिकी शेयर बजारमा भने भारी उछाल आएको।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend