Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षमा निधन


२४, साउन २०८३
  • 79
    SHARES
  • लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षमा निधन

    काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार रोजारियोस्थित एक क्लिनिकमा उपचाररत उनको शनिबार राति निधन भएको हो। जर्जको निधनप्रति अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) र बार्सिलोनाले शोक व्यक्त गर्दै मेस्सी परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    जर्ज मेस्सी लियोनलका पिता मात्र नभई उनको फुटबल यात्राका प्रमुख मार्गदर्शक तथा सल्लाहकार थिए। उनले बाल्यकालमै मेस्सीको प्रतिभालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए। मेस्सी १३ वर्षको हुँदा उनलाई अर्जेन्टिनाबाट स्पेन लैजाने र बार्सिलोनाको युवा एकेडेमीमा आबद्ध गराउने प्रक्रियामा जर्जको महत्वपूर्ण योगदान थियो। त्यतिबेला मेस्सी ग्रोथ हर्मोनको कमीसम्बन्धी समस्याबाट पीडित थिए र बार्सिलोनाले उनको उपचार खर्च व्यहोरेको थियो। जर्जले पछि छोराको एजेन्ट तथा रणनीतिक सल्लाहकारका रूपमा समेत काम गरेका थिए।

    स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका जर्जकी पत्नी सेलिया कुच्चितिनी हुन्। उनीहरूका चार सन्तानमध्ये लियोनल मेस्सी, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन्। विश्व फुटबलका महान् खेलाडीमध्ये एक मेस्सीको करियर निर्माणमा जर्जको योगदानलाई उनको जीवनको महत्वपूर्ण आधारका रूपमा स्मरण गरिएको छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend