Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हङकङबाट आज स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा: विमानस्थलमा भव्य स्वागतको तयारी


२८, साउन २०८३
  • 70
    SHARES
  • हङकङबाट आज स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा: विमानस्थलमा भव्य स्वागतको तयारी

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। स्वास्थ्य उपचारका क्रममा सिंगापुर पुगेका देउवा त्यसपछि हङकङ पुगेका थिए। हङकङबाट उनी आज थाइ एयरलाइन्सको जहाजमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ।

    जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्र विशेष चासोका साथ हेरिएको छ। देउवाको स्वागतका लागि कांग्रेसको इतर पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता उतार्ने तयारी गरेको छ।

    आयोजकका अनुसार देउवालाई स्वागत गर्न ७ हजारभन्दा बढी नेता तथा कार्यकर्ता विमानस्थलमा उपस्थित हुने तयारी छ। स्वागतका लागि कांग्रेसका विभिन्न जिल्ला तथा भ्रातृ संगठनका नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन्। बिहान १० बजेदेखि नै विमानस्थल आसपासमा नेता तथा कार्यकर्ता भेला हुने कार्यक्रम रहेको छ।

    राष्ट्रिय भेला आयोजक समितिका प्रचारप्रसार संयोजक मीन विश्वकर्माका अनुसार देउवाको स्वागतका लागि ३२ वटै आयोजक समितिले आवश्यक व्यवस्थापन गरिरहेका छन्। स्वागत कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समितिलाई जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ।

    विशेषगरी नेपाल तरुण दल र विद्यार्थी संगठन परिचालन समितिले स्वागतमा सहभागी हुने नेता तथा कार्यकर्ताको व्यवस्थापन र संयोजन गरिरहेका छन्। त्यस्तै, सांस्कृतिक समितिले देउवाको स्वागतमा विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरेको छ।

    देउवा दिउँसो १२ बजेर २५ मिनेटमा थाइ एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। विमानस्थलमा हुने स्वागत कार्यक्रमलाई कांग्रेसभित्रको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।

    यसैबीच, देउवा दम्पती सिंगापुरमा रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको विषय पनि चर्चामा आएको थियो। पक्राउ पुर्जी रोक्न माग गर्दै देउवा वारेसमार्फत सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

    स्वदेश फर्किएपछि देउवाको राजनीतिक सक्रियता र पार्टीभित्रको आगामी भूमिकालाई लिएर समेत कांग्रेस वृत्तमा चासो बढेको छ। लामो समयदेखि उपचार तथा विदेश यात्रामा रहेका देउवाको पुनरागमनलाई कांग्रेसको आन्तरिक राजनीतिक समीकरणका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।

    आज विमानस्थलमा हुने ठूलो जनउपस्थितिले देउवाप्रति पार्टीभित्र रहेको समर्थन र उनको राजनीतिक प्रभाव देखाउने कांग्रेसका नेताहरूको दाबी छ। स्वागत कार्यक्रममार्फत देउवाको पुनरागमनलाई भव्य बनाउने तयारी गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend