Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अख्तियारमा तीन सहसचिवको ‘इन्ट्री’, तीन कार्यालय प्रमुखको सरुवा


९, भदौ २०८३
  • 109
    SHARES
  • अख्तियारमा तीन सहसचिवको ‘इन्ट्री’, तीन कार्यालय प्रमुखको सरुवा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन सहसचिवको सरुवा भएको छ। आयोगमा सरुवा हुनेमा प्रशासन सेवातर्फका गोविन्दप्रसाद अधिकारी र सुनिता नेपाल तथा इन्जिनियरिङ सेवातर्फका रामहरि पोखरेल रहेका छन्।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा फाजिलमा रहेका सहसचिव गोविन्दप्रसाद अधिकारीलाई अख्तियारमा पठाइएको हो। त्यस्तै, लगानी बोर्डको कार्यालयमा कार्यरत सहसचिव सुनिता नेपालको पनि अख्तियार सरुवा भएको छ।

    नेपालको सरुवासँगै लगानी बोर्डमा गण्डकी प्रदेशबाट सरुवा भएका सहसचिव ऋषिराज आचार्यले जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ। आचार्यको लगानी बोर्डमा सरुवा भए पनि दरबन्दी नभएका कारण उनी जिम्मेवारीविहीन अवस्थामा थिए।

    यसैगरी, पूर्वाधार विकास मन्त्रालयका सहसचिव रामहरि पोखरेललाई पनि अख्तियार पठाइएको छ। अख्तियारका निमित्त सचिवसमेत रहेका प्राविधिक सहसचिव पद्यकुमार मैनालीलाई पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरी उनको स्थानमा पोखरेललाई पठाइएको हो।

    तीन कार्यालय प्रमुख पनि फेरिए

    अख्तियारका बर्दिबास, पोखरा र कञ्चनपुर कार्यालयका प्रमुखको समेत सरुवा भएको छ।

    बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्बाङको कर्णाली प्रदेशमा सरुवा भएको छ। त्यस्तै, पोखरा कार्यालय प्रमुख नारायणप्रसाद रेग्मी राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्।

    कञ्चनपुर कार्यालय प्रमुख वेदप्रसाद भण्डारीको अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ।

    नयाँ सरुवासँगै अख्तियारमा एक सहसचिवको दरबन्दी भने कम भएको छ। आयोगमा एकैपटक तीन सहसचिव भित्रिएसँगै कार्यालय प्रमुख तथा उच्च तहका कर्मचारीको जिम्मेवारीसमेत पुनःव्यवस्थित हुने भएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend