Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा बाढीबारे सरकारका तर्फबाट संसद्लाई परराष्ट्रमन्त्रीले दिए जानकारी


१०, भदौ २०८३
  • 69
    SHARES
  • रसुवा बाढीबारे सरकारका तर्फबाट संसद्लाई परराष्ट्रमन्त्रीले दिए जानकारी

    काठमाडौं । रसुवा बाढीबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जानकारी गराएका छन् ।

    यसअघि गृहमन्त्री सुधन गुरुङले जानकारी गराउने भनिएपनि  उनी  व्यस्त रहेको भन्दै परराष्ट्रमन्त्री खनालले जानकारी गराएका हुन् ।

    मन्त्री खनालका अनुसार आज बिहान ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो । यसले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँमा निकै ठूलो क्षति पुर्‍याएको उनले बताए ।

    यस्तै, बाढीले धादिङ र नुवाकोटलगायतका क्षेत्रमा पनि क्षति पुगेको परराष्ट्रमन्त्री खनालले बताए ।

    बिहान ८ बजेर ३७ मिनेटमा त्यस क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेका कारण बाढी आएको भन्ने प्रारम्भिक सूचना आएको उनले बताए । तर, यो सूचनालाई पुष्टि गर्न बाँकी रहेको उनले जानकारी दिए ।

    मन्त्री खनालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् ।

    प्रधानमन्त्री शाहले भने विपद्‍को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेको मन्त्री खनालले संसद्लाई जानकारी दिए ।

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर आवश्यक निर्णय गरिएको पनि उनले जानकारी दिए ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend