Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै


११, भदौ २०८३
  • 83
    SHARES
  • बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

    काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म १६२ जनाको ज्यान गएको पुष्टी भएको छ ।

    प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९ र नवलपरासीमा २८ जनाको शव फेला परेको हो ।

    बाढीका कारण विभिन्न अस्पतालमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण झण्डै एकहजार जना सम्पर्कविहीन छन् । बाढीमा सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्रका १३ कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    यस्तै विभिन्न जलविद्युत आयोजनाका १०६ कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका १९ कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी ४८४ जना सम्पर्कविहीन छन् । व्यक्तिगत रूपमा गोसाईँकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् ।

    रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक–सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन् । टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन ।

    परिवार, आफन्त र साथीभाइहरुले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन् । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend