Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीको वितण्डा : रसुवा, नुवाकोट र धादिङमा ३२ पुल ध्वस्त (सूचीसहित)


११, भदौ २०८३
  • 110
    SHARES
  • बाढीको वितण्डा : रसुवा, नुवाकोट र धादिङमा ३२ पुल ध्वस्त (सूचीसहित)

    काठमाडौँ । रसुवा बाढीका कारण देशका विभिन्न मुख्य सडक खण्डमा रहेका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढीले विभिन्न जिल्लाका ३२ वटा पुलहरू पूर्ण रूपमा बगाएको छ।

    विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने ६ वटा पुलहरू उच्च जोखिमका बीच जोगिन सफल भएका छन्। विशेषगरी रसुवा, नुवाकोट र धादिङ जिल्लाका पुलहरूमा सबैभन्दा धेरै क्षति पुगेको छ।
    बाढीले ध्वस्त बनाएका मुख्य पुलहरूको विवरण:

    रसुवा  (१३ पुल ध्वस्त):
    रसुवामा बाढीले व्यापक क्षति पुर्‍याएको छ। यहाँका साना-ठुला गरी १३ वटा पुल पूर्ण रूपमा बगेका छन्:

    • मितेरी पुल (रसुवागढी)
    • टिमुरे पुल १ र २
    • भोटेकोशी पुल (चिलिमे)
    • चिलिमे खोला पुल
    • भोटेकोशी र स्याफ्रुबेँसी क्षेत्रका बेलिब्रिजहरू
    • स्याफ्रुबेँसी पुल
    • त्रिशूली र मैलुङ क्षेत्रका ५ वटा विभिन्न पुलहरू

    नुवाकोट जिल्ला (१४ पुल ध्वस्त):
    नुवाकोटमा पनि बाढीले ठुलो क्षति गरेको छ, जहाँ बेत्रावतीदेखि देवीघाटसम्मका पुलहरू बगेका छन्:

     
    • बेत्रावती (पुरानो र नयाँ) पुल
    • त्रिशूली नदी पुल (तुप्चे)
    • त्रिशूली बजारका दुईवटा पुलहरू (पुरानो र नयाँ)
    • सिमचौर पुल
    • देवीघाटस्थित जालश्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल
    • देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल
    • ताँदी खोला पुल (दुईवटा)
    • त्रिशूली नदी पुलहरू (श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार)

    धादिङ जिल्ला (५ पुल ध्वस्त, ३ क्षतिग्रस्त):
    धादिङ खण्डमा ५ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३ वटामा क्षति पुगेको छ:
    स्याल्टार सडक पुल, घाटबेँसी पुल, फुर्के खोला पुल (मलेखु) र कोल्पु खोलाका दुई पुलहरू ध्वस्त भएका छन् ।
    मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुल क्षतिग्रस्त भएका छन् ।

    धादिङ र चितवन खण्डका केही पुलहरू भने सुरक्षित रहेका छन्। गल्छी नजिकैको भिमढुङ्गा-लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुलहरू बाढीबाट जोगिएका छन्।

    12

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend