Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुस्ताको बाढीपछिको अवस्थाबारे सांसद विक्रम खनालद्वारा स्थलगत निरीक्षण, सरकारसँग समन्वय गर्ने प्रतिबद्धता


११, भदौ २०८३
  • 183
    SHARES
  • सुस्ताको बाढीपछिको अवस्थाबारे सांसद विक्रम खनालद्वारा स्थलगत निरीक्षण, सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

    पश्चिम नवलपरासी l पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य विक्रम खनालले बाढी प्रभावित सुस्ता क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ।
    हालै आएको बाढीका कारण प्रभावित सुस्ता पुग्नुभएका सांसद खनालले स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय सुरक्षा निकायका पदाधिकारीसँग छुट्टाछुट्टै तथा संयुक्त रूपमा छलफल गर्नुभएको हो।

    स्थलगत निरीक्षणका क्रममा उहाँले बाढीपछि सुस्तावासीले भोगिरहेका समस्या, जोखिम तथा दैनिक जनजीवनमा परेको कठिनाइबारे स्थानीयसँग प्रत्यक्ष जानकारी लिनुभयो। साथै, सुरक्षाकर्मीहरूसँग क्षेत्रको वर्तमान शान्ति-सुरक्षाको अवस्था, उद्धार तथा सम्भावित राहत व्यवस्थापनबारे समेत छलफल गर्नुभयो।

    छलफलपछि सांसद खनालले सुस्तावासीका तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    उहाँले भन्नुभयो, “यस कठिन परिस्थितिमा सुस्तावासीको सुरक्षा, उद्धार र सम्भावित राहत व्यवस्थापन नै हाम्रो मुख्य प्राथमिकता हो। स्थानीयको समस्या समाधानका लागि म सम्बन्धित निकायसँग निरन्तर संवाद र समन्वयमा रहनेछु।”

    स्थलगत अवलोकनका क्रममा स्थानीयवासीले सुस्ता क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन, उद्धार तथा राहतलाई व्यवस्थित गर्न र बाढीका कारण प्रभावित जनजीवनलाई तत्काल सहज बनाउन राज्यका तर्फबाट आवश्यक कदम चाल्न माग गरेका थिए।

    सांसद खनालको स्थलगत निरीक्षणलाई बाढी प्रभावित सुस्तावासीका समस्या प्रत्यक्ष रूपमा बुझेर सरकार तथा सम्बन्धित निकायसम्म पुर्‍याउने पहलका रूपमा हेरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend