Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टनेलभित्र फसेका ३५० जनाको नेपाली सेनाद्वारा सफल उद्धार, अझै सयभन्दा बढीको उद्धार जारी


१२, भदौ २०८३
  • 73
    SHARES
  • टनेलभित्र फसेका ३५० जनाको नेपाली सेनाद्वारा सफल उद्धार, अझै सयभन्दा बढीको उद्धार जारी

    काठमाडौं । जोखिमपूर्ण तथा चुनौतीपूर्ण परिस्थितिबीच नेपाली सेनाले टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको सफलतापूर्वक उद्धार गरेको छ। टनेलभित्र अझै पनि १०० जनाभन्दा बढी मानिस फसेको जनाउँदै उनीहरूलाई सुरक्षित बाहिर निकाल्न सेनाको टोली निरन्तर उद्धार अभियानमा जुटिरहेको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार टनेलभित्रको जटिल अवस्था र जोखिमलाई बेवास्ता गर्दै नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र उद्धार कार्यमा खटिएको छ।

    उद्धारका क्रममा सेनाको टोलीले टनेलभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पुर्‍याउनुका साथै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको खोजी तथा स्थानान्तरणलाई तीव्रता दिएको छ।

    सेनाले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशी लगायत विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    टनेलभित्रको अवस्था जटिल र जोखिमपूर्ण रहेकाले उद्धार कार्यलाई उच्च सतर्कताका साथ अघि बढाइएको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीले फसेका व्यक्तिहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

    यस घटनामा ठूलो संख्यामा मानिस जोखिममा परेपछि नेपाली सेनासहित सुरक्षा निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा केन्द्रित भएका छन्। ३५० जनाको सफल उद्धारसँगै अझै फसेका १०० भन्दा बढी व्यक्तिको उद्धार अहिलेको मुख्य प्राथमिकता बनेको छ।

    सेनाको निरन्तर प्रयासका कारण हालसम्म ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानमा सार्न सफल भएको छ भने बाँकी व्यक्तिको उद्धारका लागि पनि अभियानलाई तीव्र पारिएको छ।

     
     
     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend