Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिब्बतमा फेरि ड्याम फुटेको सूचना, नेपालमा बाढीको जोखिम बढ्यो


१२, भदौ २०८३
  • 74
    SHARES
  • तिब्बतमा फेरि ड्याम फुटेको सूचना, नेपालमा बाढीको जोखिम बढ्यो

    काठमाडौं । चीनको तिब्बत क्षेत्रमा फेरि ड्याम फुटेको सूचना प्राप्त भएपछि नेपालतर्फ पनि बाढीको जोखिम बढेको छ। चिनियाँ पक्षबाट प्राप्त सूचनाका आधारमा नेपाल प्रहरीले नदी आसपास तथा सम्भावित जोखिम क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

    चिनियाँ जलस्रोत मन्त्रालयले यसअघि नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै ठूलो अस्थायी ताल बनेको जानकारी गराएको थियो। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी तालको किनार नाघेर बाहिर बग्न थालेको अनुमान गरिएको थियो।

    चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार आगामी तीन दिनमा उक्त तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने आकलन गरिएको थियो। यससँगै ताल फुटेर ठूलो बाढी आउन सक्ने जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिइएको थियो।

    यसअघि तिब्बतमा पहिरोका कारण नदी थुनिएर बनेको अस्थायी ताल फुट्दा ठूलो बाढीको जोखिम उत्पन्न भएको थियो। पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल पुनः फुटेर उद्धार टोली परिचालन भएको क्षेत्रमा पानी तथा गेग्रान बग्न थालेपछि चीनले उद्धार कार्यसमेत स्थगित गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ।

    चिनियाँ पक्षले जोखिम अझै कायम रहेको जानकारी गराएपछि नेपालमा पनि सम्भावित बाढी तथा डुबानको जोखिमलाई लिएर सुरक्षा निकाय सतर्क भएका छन्। विशेषगरी नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    नेपाल प्रहरीका अनुसार चिनियाँ पक्षबाट प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिँदै जोखिममा पर्न सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न अपिल गरिएको छ। नदीको जलसतह अचानक बढ्न सक्ने सम्भावना रहेकाले अनावश्यक रूपमा नदी तथा खोला किनारमा नजानसमेत आग्रह गरिएको छ।

    तिब्बतमा बनेको अस्थायी तालमा पानीको मात्रा बढ्दै गएको अवस्थामा सम्भावित बाँध फुटेमा त्यसको प्रत्यक्ष असर सीमावर्ती नेपाली भूभागमा पर्न सक्ने भएकाले सुरक्षा निकायले निगरानी बढाएका छन्।

    यसअघि नै बाढीको ठूलो क्षति व्यहोरेको नेपालमा तिब्बततर्फ पुनः ताल फुट्ने जोखिम बढेपछि त्रास थपिएको छ। चिनियाँ पक्षको पछिल्लो सूचनापछि नेपालमा सम्भावित जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षाका लागि सतर्कता बढाइएको हो।

    police-1.jpg

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend