Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिब्बतमा रोकिएको उद्धार फेरि सुरु, भोटेकोशी बाढीपछि ५५० भन्दा बढी बेपत्ता


१२, भदौ २०८३
  • 59
    SHARES
  • तिब्बतमा रोकिएको उद्धार फेरि सुरु, भोटेकोशी बाढीपछि ५५० भन्दा बढी बेपत्ता

    काठमाडौँ । चीनले तिब्बतमा बाढीका कारण प्रभावित तथा बेपत्ता नागरिकको उद्धार कार्य पुनः सुरु गरेको छ। पानी थुनिएर बनेको अस्थायी तालबाट पानीको बहाव तलतिर घटेपछि उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

    यसअघि अस्थायी ताल फुटेर बाढीको जोखिम बढेपछि चीनले करिब तीन घण्टाका लागि उद्धार कार्य रोकेको थियो। जोखिम कम भएपछि उद्धार टोली पुनः परिचालन गरिएको हो।

    भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तिब्बतको सीमावर्ती क्षेत्रमा ५५० भन्दा बढी मानिस बेपत्ता रहेको बताइएको छ। बेपत्तामध्ये करिब २६० जना कैलाश मानसरोवर यात्रामा रहेका तीर्थयात्री भएको जनाइएको छ।

    बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि चिनियाँ सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ताको खोजी र प्रभावित नागरिकको उद्धारलाई प्राथमिकतामा राखेका छन्।

    अस्थायी तालमा पानीको सतह र बहावमा आएको परिवर्तनलाई निरन्तर निगरानी गर्दै उद्धार कार्य अघि बढाइएको छ। सम्भावित जोखिम पुनः बढ्न सक्ने भएकाले उद्धार टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको बताइएको छ।

    नेपालतर्फ भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला सीमापार तिब्बतमा समेत सयौँ मानिस बेपत्ता भएको खबरले विपद्को भयावहता थप स्पष्ट पारेको छ।

    — एजेन्सी

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend