Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चितवनमा भेटिएका शव सड्न थालेपछि डिएनए राखेर जमिनमुनि गाडिने सुरक्षा समितिको निर्णय


१३, भदौ २०८३
  • 154
    SHARES
  • चितवनमा भेटिएका शव सड्न थालेपछि डिएनए राखेर जमिनमुनि गाडिने सुरक्षा समितिको निर्णय

    चितवन । रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शव गाड्ने निर्णय गरिएको छ ।

    पहिचान भएका ४ वटा शवबाहेक बाँकी शवहरू सडे(गलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो ।

    ​होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण एवम् महामारी फैलिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए।

    सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न यो बाध्यता उत्पन्न भएको प्रशासनले जनाएको छ।

    ​जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकको निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाएका छन् ।

    ​भविष्यमा पहिचानका लागि सहज होस् भनेर शवहरूको डिएनए नमूना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने पनि जनाइएको छ।

    शवहरूको अन्तिम संस्कार भरतपुर महानगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि गाडेर गरिने विज्ञप्ति मार्फत प्रजिअ अर्यालले जानकारी दिएका छन् ।

    बाध्यताका कारण शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयले पीडित परिवारजनमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत मागेको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend