Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोच्चको आदेशपछि शशांक पक्षले भन्यो -‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया यथाशीघ्र अघि बढाउँछौँ’


१३, भदौ २०८३
  • 128
    SHARES
  • सर्वोच्चको आदेशपछि शशांक पक्षले भन्यो -‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया यथाशीघ्र अघि बढाउँछौँ’

    काठमाडौं l नेपाली कांग्रेसको आधिकारिक केन्द्रीय कार्यसमितिसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा डा. शशांक कोइराला नेतृत्वको पक्षले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।

    डा. कोइराला संयोजक रहेको पक्षले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतबाट महाधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गरिएको निवेदनमा रोक आदेश नआएको उल्लेख गर्दै चौधौँ महाधिवेशनबाट निर्वाचित ‘वैधानिक’ केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेको दाबी गरेको हो।

    विज्ञप्तिमा ‘पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया प्रारम्भ गरिने’ उल्लेख छ।

    उसका अनुसार महाधिवेशनका लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति तथा निर्वाचन समिति गठनलगायतका आवश्यक प्रक्रिया अघि बढाइनेछ। त्यसपछि पार्टीका सबै तहका अधिवेशन गरिने जनाइएको छ।

    ‘विशेष महाधिवेशनका गतिविधिमा सहभागी नहुन’ आग्रह

    कोइराला पक्षले तथाकथित विशेष महाधिवेशनबाट बनेको ‘स्वघोषित कार्यसमिति’ले गर्ने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन पार्टीका नेता-कार्यकर्तालाई आग्रह गरेको छ।

    चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न इमानदार, स्वाभिमानी र जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ।

    विज्ञप्तिमा पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले मुद्दाको टुंगो नलागेसम्म कुनै पनि पक्षबाट पार्टीमा थप विवाद वा विभाजन निम्त्याउने गतिविधि गर्न नहुनेसमेत उल्लेख गरिएको छ।

    ‘सर्वोच्चबाट न्याय पाउने विश्वास’
    कोइराला पक्षले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतले विगतमा प्रतिपादित सिद्धान्त र अभ्यास तथा आफ्नो कार्यविधिअनुसार यथाशीघ्र टुंग्याउने र आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेको छ।

    पार्टीभित्रको विवादलाई आवेग, उत्तेजना, गालीगलौज वा षड्यन्त्रबाट नभई संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ लोकतन्त्रवादी व्यक्ति तथा समुदायको साथ लिएर कांग्रेसलाई पुनः सबल, सक्षम र लोकप्रिय पार्टी बनाउने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

    निर्वाचन नजिकिँदै गर्दा महाधिवेशनको दबाब
    विज्ञप्तिमा कांग्रेसको विधानअनुसार पार्टीको पदावधि यही मंसिर मसान्तमा तथा नेपालको संविधानअनुसार थप छ महिनाको अवधिमा समाप्त हुने उल्लेख छ। स्थानीय तहको निर्वाचन २०८४ वैशाखमा हुने र प्रदेशसभा निर्वाचन करिब एक वर्षभित्र हुने भएकाले पार्टीलाई एकताबद्ध, सबल र सुदृढ बनाउनु आवश्यक रहेको कोइराला पक्षको निष्कर्ष छ । 

    नेता कोइरालाले मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बन्दै गएको तथा राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता संकुचित हुँदै गएको दाबी गर्दै यस्तो अवस्थामा कांग्रेसलाई एकताबद्ध बनाउनु सबैको दायित्व भएको जनाएको छ।

    भोटेकोशी विपद्प्रति दुःख व्यक्त
    विज्ञप्तिको अन्तिम भागमा गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

    बाढीबाट ठूलो मानवीय क्षति भएको, सयौँ मानिसको मृत्यु तथा हजारौँ बेपत्ता र सयौँ घाइते भएको उल्लेख गर्दै खोजी, उद्धार, राहत, सुरक्षित आवास, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।

    साथै राजनीतिक दल, भ्रातृ तथा शुभेच्छुक संस्था, निजी क्षेत्र, उद्योगी-व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायलाई विपद्मा आवश्यक सहयोग गर्न अपिल गरिएको छ।

    कोइरालाले विपद्को कठिन घडीमा मानवीय सेवामा निरन्तर जुट्न कांग्रेसका सबै तहका नेता-कार्यकर्तालाई पुनः आह्वान गरेका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend