Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिशूलीको कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ठप्प


१४, भदौ २०८३
  • 67
    SHARES
  • त्रिशूलीको कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ठप्प

    काठमाडौँ । त्रिशूली नदीको तीव्र कटानका कारण धादिङको कृष्णभीर क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरो खसेसँगै राजमार्गको दुवैतर्फ सवारी आवागमन ठप्प भएको छ भने काठमाडौँतर्फ आउने तथा जाने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको सडकखण्ड नै कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको हो। नदीको कटान र लगातारको वर्षाका कारण सडकको संरचना कमजोर बन्दै गएपछि पहिरो खसेको प्रहरीले जनाएको छ।

    कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उक्त सडक हुँदै सञ्चालन हुने सवारीसाधनलाई काठमाडौँमै रोकिएको जानकारी दिए। राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले तत्कालै नियमित यातायात सञ्चालनमा आउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

    काठमाडौँलाई धादिङ, चितवन, पोखरा लगायतका जिल्लासँग जोड्ने प्रमुख सडकका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। विशेषगरी वर्षायाममा त्रिशूली नदीको बहाव बढ्दा राजमार्गका विभिन्न स्थानमा कटान तथा पहिरोको जोखिम बढ्दै आएको छ।

    लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढिरहेका बेला प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र गन्तव्यतर्फ जान तथा पहिरो र नदी कटान भएका क्षेत्रमा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

    कृष्णभीरमा खसेको पहिरो तत्काल हटाएर सडक सञ्चालनमा ल्याउन चुनौती देखिएको छ। वर्षा नरोकिए त्रिशूलीको थप कटानसँगै सडकखण्डमा पुनः पहिरो खस्ने जोखिमसमेत रहेकाले यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend