Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माथिल्लो त्रिशूली ‘३ ए’ मा उद्धार अभियान तीव्र, हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालनको तयारी


१४, भदौ २०८३
  • 142
    SHARES
  • माथिल्लो त्रिशूली ‘३ ए’ मा उद्धार अभियान तीव्र, हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालनको तयारी

    काठमाडौं । बाढी र पहिरोका कारण जोखिममा परेको माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले रातभरदेखि विशेष अभियान सञ्चालन गरिरहेको छ। आयोजना क्षेत्रमा पुनः बाढी आएपछि जोखिम झन् बढेको भन्दै उद्धारसँगै महत्वपूर्ण संरचना र उपकरण जोगाउने कामलाई समेत तीव्रता दिइएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अस्वाभाविक रूपमा बढेपछि आयोजना आसपासको किनारमा तीव्र कटान सुरु भएको छ।

    नदी कटानका कारण आयोजनाको क्षेत्रमा थप क्षति हुनसक्ने जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाएको छ। आयोजना क्षेत्रको अवस्थाबारे निरन्तर निगरानी गर्दै उद्धार, क्षति आकलन तथा संरचनाको सुरक्षाका लागि आवश्यक तयारी अघि बढाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    माटो र लेदो हटाउन भारी उपकरण परिचालन गरिँदै

    बाढी र पहिरोसँगै आयोजनाको क्षेत्रमा ठूलो मात्रामा माटो तथा लेदो थुप्रिएको छ। त्यसलाई हटाउन डोजरलगायतका भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको छ।

    तर सडक पहुँच अवरुद्ध रहेकाले घटनास्थलमा उद्धार तथा प्राविधिक टोली पुर्‍याउन चुनौती देखिएको छ। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले वैकल्पिक माध्यमबाट टोली परिचालन गर्ने तयारी गरेको हो।

    १९ वटा सीसीटीभी क्यामेरा माटोमा पुरिए

    बाढी र पहिरोका कारण आयोजना क्षेत्रमा निगरानी तथा नियन्त्रणका लागि प्रयोग हुँदै आएका महत्वपूर्ण उपकरणसमेत पुरिएका छन्।

    टनेल पोर्टल र पावर हाउसको निगरानी तथा नियन्त्रणमा प्रयोग हुने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्स माटो तथा लेदोमा पुरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    यी उपकरण आयोजनाको सुरक्षा तथा सञ्चालनसँग प्रत्यक्ष जोडिएकाले तिनलाई सकेसम्म सुरक्षित रूपमा बाहिर निकाल्ने तयारी भइरहेको छ।

    हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ उतारिने

    सडकमार्ग अवरुद्ध भएकाले पुरिएको भवननजिकै हेलिकप्टरबाट उद्धार तथा प्राविधिक टोली उतार्ने योजना बनाइएको छ। उपकरण निकाल्न सरकारले ‘स्पेशल फोर्स’ समेत हेलिकप्टरमार्फत परिचालन गर्ने तयारी गरेको छ।

    आयोजना क्षेत्रमा अझै बाढीको जोखिम कायमै रहेकाले उद्धार टोलीका लागि समेत चुनौतीपूर्ण अवस्था रहेको छ। त्यसैले जोखिमको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक सुरक्षा सतर्कतासहित उद्धार र प्राविधिक काम अघि बढाइने सरकारले जनाएको छ।

    माथिल्लो त्रिशूली ‘३ ए’ मा देखिएको संकटले प्राकृतिक विपद्का कारण जलविद्युत् आयोजनाका संरचना, उपकरण र पहुँच मार्गमा पर्न सक्ने जोखिमलाई समेत उजागर गरेको छ। अहिले सरकारको प्राथमिकता फसेका व्यक्तिको उद्धार, मानवीय क्षति रोकथाम र आयोजनाका महत्वपूर्ण संरचना तथा उपकरणको सुरक्षा रहेको छ।

     
     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend