Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो


१४, भदौ २०८३
  • 61
    SHARES
  • भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो

    काठमाडौं । चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको भोटेकोसी नदी आसपासमा मच्चाएको विनाशको भयावह तस्वीर थप स्पष्ट हुँदै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्पछि विभिन्न जिल्लाबाट हालसम्म ७३४ जनाको शव फेला परेको छ भने २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा २५९ वटा फेला परेका छन्। त्यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ वटा शव फेला परेका छन्।

    चितवनमा फेला परेका शवमध्ये केही मानव अंगसमेत रहेको प्राधिकरणले जनाएको छ। यसले भोटेकोसी बाढीको प्रभाव नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा कति भयावह रूपमा फैलिएको थियो भन्ने देखाएको छ।

    २ हजार ४९८ अझै सम्पर्कविहीन

    बाढीपछि ठूलो संख्यामा मानिसहरू अझै परिवार तथा सम्बन्धित निकायको सम्पर्कमा आउन सकेका छैनन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा भन्सार कार्यालयका कर्मचारीसमेत छन्।

    सम्पर्कविहीनमध्ये ५८९ जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, विदेशी पर्यटकसँगै यात्रा गरिरहेका १२७ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन छन्।

    यसले विपद्को प्रभाव सर्वसाधारणमा मात्र सीमित नरही सुरक्षा निकाय, सरकारी कर्मचारी, जलविद्युत् आयोजना तथा सीमा क्षेत्रमा कार्यरत जनशक्तिसम्म परेको देखाएको छ।

    भदौ १० को बाढीले छाड्यो गहिरो क्षति

    चीनको तिब्बततर्फबाट आएको भीषण बाढी भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदी आसपास प्रवेश गरेको थियो। बाढीको तीव्र बहावले नदी आसपासका बस्ती, सडक, पुल तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो।

    विशेषगरी रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीको बहाव तल्लो तटीय क्षेत्रमा समेत पुगेपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको छ।

    बेपत्ताको खोजी अझै चुनौतीपूर्ण

    बाढीपछि सम्पर्कविहीनको संख्या ठूलो रहेकाले खोज तथा उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ। नदीको तीव्र बहाव, कटान, पहिरो तथा क्षतिग्रस्त सडक र पुलका कारण सम्भावित क्षेत्रमा पुगेर खोजी गर्न कठिनाइ भइरहेको छ।

    ७३४ शव फेला परिसक्दा पनि २ हजार ४९८ जना सम्पर्कविहीन रहनुले भोटेकोसी बाढीले निम्त्याएको विपद्को वास्तविक गहिराइ अझै पूर्ण रूपमा बाहिर आउन बाँकी रहेको देखिन्छ। परिवारजन भने आफ्ना आफन्तको अवस्था सार्वजनिक हुने र बेपत्ताको खोजी तीव्र हुने प्रतीक्षामा छन्।

     
     
     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend