Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोसी बाढीको कहालीलाग्दो अवस्था : मृतक ९८७, ३ हजार ९१६ अझै बेपत्ता


१६, भदौ २०८३
  • 112
    SHARES
  • भोटेकोसी बाढीको कहालीलाग्दो अवस्था : मृतक ९८७, ३ हजार ९१६ अझै बेपत्ता

    काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले निम्त्याएको मानवीय क्षतिको आँकडा थप भयावह बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म विभिन्न जिल्लाबाट ९८७ वटा शव फेला परिसकेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।

    बाढीको तीव्र बहावले बगाएर विभिन्न स्थानमा पुर्‍याएका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३२१ वटा फेला परेका छन्। चितवनमा भेटिएका शवमा मानव अङ्गहरूसमेत रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ वटा शव फेला परेका छन्।

    प्रलयकारी बाढीपछि ठूलो सङ्ख्यामा नागरिक अझै बेपत्ता रहेका छन्। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै उद्धार तथा सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी पनि छन्। विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयमा कार्यरत कर्मचारीसमेत बाढीपछि सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।

    बेपत्ताको सूचीमा विदेशी नागरिक तथा पर्यटकसँगै उनीहरूसँग भ्रमणमा गएका नेपाली नागरिकसमेत रहेका छन्। प्राधिकरणका अनुसार ५८३ जना विदेशी नागरिक तथा विदेशी पर्यटकसँगै रहेका १६४ जना नेपाली नागरिक सम्पर्कविहीन छन्।

    यता, विपद्पछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परी २७९ जना घाइते भएकामा उपचारपछि १६८ जना घर फर्किसकेका छन्।

    प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले नदी किनार, बस्ती, जलविद्युत् आयोजना, सडक तथा अन्य सम्भावित क्षेत्रमा बेपत्ताको खोजी जारी राखेका छन्।

    गत भदौ १० गते बिहान चीनको तिब्बततर्फबाट भोटेकोसी नदीमा एकाएक आएको अभूतपूर्व बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीले बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा अझै उद्धार तथा पुनःस्थापनाको चुनौती कायमै छ।

    ९८७ जनाको मृत्यु, हजारौँ बेपत्ता र ११ हजारभन्दा बढीको उद्धार-भोटेकोसी बाढी नेपालको पछिल्लो समयकै भयावह मानवीय विपद्का रूपमा देखिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend