Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड पुग्यो


१६, भदौ २०८३
  • 156
    SHARES
  • भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २५ अर्ब ८७ करोड पुग्यो

    काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बीमा कम्पनीमा गरी ५८३ वटा बीमा दाबी परेको हो।

    प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा ठूलो रकमको प्रारम्भिक दाबी द ओरिएन्टल इन्स्योरेन्समा परेको छ। उक्त कम्पनीमा ८ वटा दाबीमार्फत मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

    त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ वटा दाबीबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ र सानिमा जिआईसीमा १०२ वटा दाबीबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ।

    बीमालेखको प्रकार हेर्दा सबैभन्दा ठूलो क्षति इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ देखिएको छ। यसअन्तर्गत ५२ वटा दाबीबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।

    त्यसैगरी, सम्पत्ति बीमामा ११३ वटा दाबीबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, मोटर बीमामा ३१३ वटा दाबीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ र परिवहन बीमामा ४७ वटा दाबीबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ।

    बाढीबाट जलविद्युत् आयोजना, पूर्वाधार, उद्योग, सवारीसाधन तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बीमा दाबीको रकम उल्लेख्य रूपमा बढेको हो। यद्यपि, यी रकमहरू प्रारम्भिक दाबी भएकाले क्षतिको विस्तृत मूल्याङ्कन तथा बीमा कम्पनीहरूको दाबी परीक्षणपछि वास्तविक भुक्तानी रकम फरक पर्न सक्नेछ।

    भोटेकोशी–त्रिशूली बाढीले पुर्‍याएको आर्थिक क्षतिको आकारसँगै बीमा क्षेत्रमाथि परेको दायित्वसमेत ठूलो बनेको छ। अब बीमा कम्पनीहरूले क्षतिको मूल्याङ्कन, दाबी प्रमाणीकरण र भुक्तानी प्रक्रियालाई कति छिटो अघि बढाउँछन् भन्ने विषय प्रभावित व्यक्ति तथा व्यवसायका लागि महत्वपूर्ण बनेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend