Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा बाढीको कहर : मृतकको संख्या १ हजार ५८ पुग्यो, ६८४ शवको व्यवस्थापन


१६, भदौ २०८३
  • 211
    SHARES
  • रसुवा बाढीको कहर : मृतकको संख्या १ हजार ५८ पुग्यो, ६८४ शवको व्यवस्थापन

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५८ पुगेको छ। मंगलबार दिउँसो २ बजेसम्म विभिन्न स्थानबाट १ हजार ५८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष रहेका छन्। यस्तै, ३९० वटा आंशिक अंग भएका शव फेला परेको विवरणमा उल्लेख छ।

    फेला परेका शवमध्ये ९७२ शवको लास जाँच मुचुल्का प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ। पहिचान खुलेका तथा आवश्यक प्रक्रिया पूरा भएका शवमध्ये ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

    बाढी तथा पहिरोका कारण ठूलो संख्यामा मानवीय क्षति भएपछि पहिचान खुल्न नसकेका शवको व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ। प्रहरीले पहिचान नखुलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको जनाएको छ।

    रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि उद्धार, शव खोजी तथा पहिचानको काम अझै जारी रहेको प्रहरीले जनाएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend