Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशीले सिकाएको कठोर पाठ : विपद्मा ‘को कुन पार्टी?’ होइन, ‘कोसँग के विज्ञता?’ खोजौँ


१९, भदौ २०८३
  • 184
    SHARES
  • भोटेकोशीले सिकाएको कठोर पाठ : विपद्मा ‘को कुन पार्टी?’ होइन, ‘कोसँग के विज्ञता?’ खोजौँ

    सांसद गोबिन्द पन्थीको प्रश्न-‘सांसदले डिस्टर्ब गरे कि गरेनन् भन्ने होइन, विज्ञता राज्यले प्रयोग गर्ने कि नगर्ने?’

    काठमाडौं । प्रतिनिधि सभा सदस्य गोबिन्द पन्थीले भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसपछिको उद्धार अभियानले नेपाललाई विपद् व्यवस्थापनको पुरानो शैली पुनर्विचार गर्नुपर्ने महत्वपूर्ण पाठ दिएको बताएका छन्।

    मिसन लुम्बिनी डटकमसँगको कुराकानीमा पन्थीले विपद्को समयमा राजनीतिक पहिचानभन्दा सम्बन्धित क्षेत्रमा रहेको विज्ञता र क्षमतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार भोटेकोशीमा आएको बाढी सामान्य प्राकृतिक विपद् नभई स्थानीयले कल्पनासमेत नगरेको स्तरको प्रलयकारी विपद् थियो।

    बाढीले बाटो, पुल तथा भौतिक संरचना बगाउनुका साथै कतिपय संरचना करिब २० फिटसम्म माटो र मलबामा पुरिएका थिए। ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उद्धार टोलीसामु चुनौती थपिएको उनको भनाइ छ।

    ‘यस्तो तहको बाढी आउँछ भन्ने कल्पना नै थिएन’

    पन्थीका अनुसार स्थानीयले सूचना पाए पनि विपद्को वास्तविक गम्भीरता अनुमान गर्न नसक्दा कतिपय नागरिकले सुरक्षित दूरी कायम गर्न सकेनन्। “भोटेकोशीले दिएको क्षति सामान्य बाढीको क्षतिभन्दा धेरै फरक थियो। स्थानीयले यस्तो तहको बाढी यसअघि कहिल्यै देखेका थिएनन्,” पन्थीले भने।

    उनले विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा गरेको योगदानको प्रशंसा गरे। स्थानीय जनप्रतिनिधिहरू पनि आफ्नो क्षेत्रका नागरिकको अवस्था बुझ्न र सम्भव सहयोग गर्न घटनास्थल पुगेको उनले बताए।

    दुई दिनसम्म सुरुङभित्रको अवस्था अनिश्चित

    बाढीपछि सुरुङभित्र पुरिएका नागरिकको अवस्थाबारे दुई दिनसम्म यकिन हुन नसकेको पन्थीले बताए। त्यसपछि १४ वर्षको टनेल अनुभव भएका सांसद श्रीराम नेउपाने तथा जलविद्युत् र वाटर साइन्समा अन्तर्राष्ट्रिय अनुभव भएका सागर ढकाल घटनास्थलमा पुगेको उनले उल्लेख गरे।

    साम्सद पन्थीका अनुसार उनीहरूले आफ्नो प्राविधिक ज्ञान र अनुभव सुरक्षा निकायलाई उपलब्ध गराउँदै जोखिम मोलेर उद्धार अभियानमा करिब सात दिनसम्म सक्रिय भूमिका निर्वाह गरे। ‘आजको सफलता सामूहिक प्रयासको परिणाम हो’

    दसौँ दिनमा कबिर महर्जन र इन्जिनियर सञ्जय शाहलाई जीवितै उद्धार गरिएको र सुरुङमा थप व्यक्ति नरहेको पुष्टि हुनु सम्पूर्ण उद्धार टोलीको सामूहिक सफलता भएको पन्थीको भनाइ छ। उनले उद्धारमा संलग्न सुरक्षा निकाय, प्राविधिक टोली, स्थानीय, जनप्रतिनिधि तथा अन्य सहयोगी सबैको भूमिकालाई समान रूपमा महत्वपूर्ण माने। तर यही घटनाक्रमका क्रममा सांसदहरू उद्धारस्थलमा पुगेको विषयलाई लिएर उठेको आलोचनाप्रति भने उनले प्रश्न उठाएका छन्।

    ‘सांसदले डिस्टर्ब गरे कि गरेनन् होइन, विज्ञता प्रयोग गर्ने कि नगर्ने? ’पन्थीले भनेका छन्, “प्रश्न यो होइन कि उहाँ सांसद हुनुहुन्छ। प्रश्न यो हो-उहाँको विज्ञता राज्यले प्रयोग गर्ने कि नगर्ने?” उनका अनुसार जनताबाट निर्वाचित व्यक्ति सांसद हुनुका साथै कुनै विशेष क्षेत्रमा विज्ञ पनि हुन सक्छ। 

    विशेषगरी पछिल्लो निर्वाचनबाट विभिन्न प्राविधिक तथा व्यावसायिक क्षेत्रमा अनुभव भएका व्यक्तिहरू संसद्मा पुगेको उल्लेख गर्दै उनले राज्यले संकटका बेला उनीहरूको विज्ञता उपयोग गर्नुपर्ने बताए। “विपद्को समयमा विज्ञता प्रयोग गर्नु राज्यलाई कमजोर बनाउनु होइन, राज्यको क्षमता बढाउनु हो,” पन्थीको धारणा छ।

    ‘सही ठाउँमा सही विज्ञ’

    पन्थीका अनुसार सम्बन्धित क्षेत्रमा दक्ष व्यक्तिको उपस्थिति हुँदा आवश्यक उपकरण जुटाउन, प्राविधिक निर्णय लिन तथा अन्तर्राष्ट्रिय सहयोग र विज्ञता परिचालन गर्नसमेत सहज हुन्छ।उनले विपद् व्यवस्थापनमा राज्यका सबै संयन्त्रबीच समन्वय आवश्यक रहेको बताए।

    Screenshot 2026-09-04 215157.png

    सुरक्षा निकायको साहस, स्थानीयको भूगोलसम्बन्धी ज्ञान, इन्जिनियरको प्राविधिक क्षमता, जनप्रतिनिधिको पहुँच र सरकारको स्रोतसाधनलाई एउटै उद्देश्यमा जोड्न सके जटिल उद्धारसमेत सम्भव हुने उनको निष्कर्ष छ।

    पुरानो विपद् व्यवस्थापनले नयाँ प्रकृतिका विपद् धान्न सक्दैन

    भोटेकोशीको घटनाले नेपालमा विपद् व्यवस्थापनको परम्परागत ढाँचा पर्याप्त नभएको देखाएको पन्थीको विश्लेषण छ। उनका अनुसार अब विपद् व्यवस्थापनलाई केवल सुरक्षा निकायको जिम्मेवारीका रूपमा बुझेर पुग्दैन। 

    प्राविधिक विज्ञ, स्थानीय समुदाय, जनप्रतिनिधि, सरकारी संयन्त्र र अन्तर्राष्ट्रिय विशेषज्ञलाई एउटै कमान्ड तथा समन्वय प्रणालीभित्र परिचालन गर्ने संरचना आवश्यक छ। उनले भने, “पुरानो ढाँचाको विपद् व्यवस्थापनले नयाँ प्रकृतिका प्रलय समाधान गर्न सक्दैन।”

    ‘विपद्मा को कुन पार्टीको होइन, कोसँग के विज्ञता छ?’

    पन्थीले विपद्को समयमा राजनीतिक विभाजनभन्दा क्षमताको उपयोग गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।उनको आग्रह छ-"अब विपद्मा पनि ‘को कुन पार्टीको?’ होइन, ‘कोसँग के विज्ञता छ?’ भनेर हेर्ने संस्कार विकास गरौँ।”

    उनका अनुसार विपद्को समयमा राजनीतिक श्रेयभन्दा मानवीय जीवन बचाउनु ठूलो कुरा हो। “विपद्मा सफलता कुनै पार्टीको होइन-एउटा जीवन बच्नु नै राज्यको सबैभन्दा ठूलो सफलता हो,” पन्थीले भने।

    भोटेकोशीको सन्देश

    भोटेकोशीको विनाशकारी बाढीले नेपाललाई एउटा स्पष्ट सन्देश दिएको छ-विपद् आउँदा राजनीतिक पहिचान होइन, क्षमता परिचालन गर्नुपर्छ। राज्यसँग भएका सबै स्रोत, साधन, अनुभव र विज्ञतालाई एउटै उद्देश्यमा परिचालन गर्न सके मात्रै भविष्यका अझ जटिल विपद्सँग प्रभावकारी रूपमा जुध्न सकिन्छ।

    यस अर्थमा भोटेकोशीको उद्धार अभियान केवल केही व्यक्तिको जीवन बचाउने प्रयास मात्र रहेन; यसले नेपालको आगामी विपद् व्यवस्थापन प्रणाली कस्तो हुनुपर्छ भन्ने बहससमेत जन्माएको छ।

    Screenshot 2026-09-04 215242.png

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend