Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चिलिमे सुरुङभित्र उद्धारको युद्ध : २१ नेपाली–भारतीय सैनिक भग्नावशेष हटाउँदै, १०० मिटर सुरुङ सफा


२०, भदौ २०८३
  • 86
    SHARES
  • चिलिमे सुरुङभित्र उद्धारको युद्ध : २१ नेपाली–भारतीय सैनिक भग्नावशेष हटाउँदै, १०० मिटर सुरुङ सफा

    रसुवा । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चुनौतीपूर्ण परिस्थितिका बीच पनि अभियान निरन्तर जारी रहेको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएपछि उद्धार कार्य थप कठिन बनेको छ।

    हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरक्षाकर्मी सुरुङभित्रै खटिएर माटो तथा भारी भग्नावशेष हटाउने काममा जुटिरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको छ।

    उद्धार कार्य म्यानुअल रूपमा मात्र सम्भव नदेखिएपछि घटनास्थलसम्म ठूलो एक्स्काभेटर पुर्‍याउने तयारी तीव्र पारिएको छ। यसका लागि स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माणको काम आजदेखि अघि बढाइएको छ।

    सुरुङमार्फत नै एक्स्काभेटर लैजाने वैकल्पिक योजना पनि अघि सारिएको छ। त्यसका लागि सुरुङभित्र करिब १०० मिटर क्षेत्रमा थुप्रिएको माटो हटाउने कामसमेत जारी रहेको उद्धारमा संलग्न टोलीले जनाएको छ।

    ठूला हेलिकोप्टर अवतरण गर्न नसक्ने अवस्थाका कारण साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री, उपकरण तथा जनशक्ति घटनास्थलसम्म पुर्‍याउने प्रयास भइरहेको छ।

    ऊर्जा मन्त्रालयका अनुसार उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण भए पनि अभियान रोकिएको छैन। पहुँच सडक विस्तार, भारी उपकरण परिचालन तथा सुरुङभित्रको भग्नावशेष हटाउने कामलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको मन्त्रालयले जनाएको छ।

    चिलिमेको सुरुङभित्र फसेकाहरूको उद्धार समयसँगको प्रतिस्पर्धा बनेको छ। एकातिर कठिन भूगोल र प्रतिकूल मौसम, अर्कोतिर भारी उपकरण पुर्‍याउने चुनौती—यिनै अवरोधबीच सुरक्षाकर्मी र उद्धार टोली निरन्तर संघर्षरत छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend