Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीका बेपत्ताको पहिचानमा नयाँ पहल : नुवाकोटमै डिएनए नमूना सङ्कलन सुरु


२०, भदौ २०८३
  • 100
    SHARES
  • भोटेकोशी बाढीका बेपत्ताको पहिचानमा नयाँ पहल : नुवाकोटमै डिएनए नमूना सङ्कलन सुरु

    त्रिशूली । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराइरहेका हजारौँ व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले नुवाकोटमा डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए) परीक्षणका लागि नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ।

    बाढीमा परेर मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवको सनाखत गर्न पीडित परिवारका सदस्यबाट डिएनए नमूना सङ्कलन थालिएको हो। यसअघि नमूना दिनका लागि रसुवा र नुवाकोटका पीडित परिवार काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो। बाढीप्रभावित परिवारलाई सहज बनाउने उद्देश्यले नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा नै सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो।

    नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलका अनुसार बाढीपछि फेला परेका धेरै शवको पहिचान हुन नसकेकाले हराइरहेका व्यक्तिका नजिकका रगतसम्बन्धी आफन्तको डिएनए परीक्षणबाट सनाखत गर्ने प्रक्रिया अघि बढाइएको छ।

    “भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएको भन्दै निवेदन प्राप्त भएको छ,” डा पौडेलले भने, “फेला परेका शवको पहिचानका लागि परिवारका सदस्यसँग डिएनए नमूना सङ्कलन थालिएको हो। काठमाडौँ जानुपर्ने बाध्यतालाई सहज बनाउन विदुरमै सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ।”

    प्रहरीका अनुसार डिएनए परीक्षणका लागि हराइरहेका व्यक्तिका बुबा, आमा, छोरा, छोरी, दाजुभाइ वा दिदीबहिनीमध्येबाट नमूना लिन सकिन्छ। तर शवसँग डिएनए मिलान गरी पहिचान गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमूना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीलाई नमूना दिन आग्रह गरिएको छ।

    नजिकका प्रत्यक्ष परिवारका सदस्य उपलब्ध नभएको अवस्थामा अन्य नजिकका रगतसम्बन्धी आफन्तको नमूनाबाट समेत पहिचान प्रक्रिया अघि बढाउन सकिने प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा हराइरहेका व्यक्तिको परिवारका तर्फबाट नमूना दिने व्यक्तिले दुईप्रति फोटोसहित परिचय खुल्ने सरकारी कागजात पेश गर्नुपर्नेछ। बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र वा विद्यालयको परिचयपत्र भए पनि नमूना सङ्कलनका लागि पर्याप्त हुने जनाइएको छ।

    भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हराइरहेको भन्दै नुवाकोटमा मात्रै हालसम्म दुई हजार ५६४ निवेदन प्राप्त भएका छन्।

    प्रहरीका अनुसार हालसम्म १९२ शव फेला परेका छन्, तर तीमध्ये १८ जनाको मात्र सनाखत हुन सकेको छ। बाँकी शवको पहिचान हुन नसक्दा पीडित परिवारको पीडा थपिएको छ।

    पहिचान हुन बाँकी शवलाई आवश्यक व्यवस्थापनसहित सुरक्षित राखिएको र सनाखत भएपछि सम्बन्धित परिवारलाई उपलब्ध गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।

    हजारौँ परिवार आफ्ना आफन्तको अवस्था पत्ता लगाउन प्रतीक्षामा रहेका बेला विदुरमै सुरु गरिएको डिएनए नमूना सङ्कलन केन्द्रले शव पहिचान प्रक्रियालाई गति दिने अपेक्षा गरिएको छ। बाढीको त्रासदीपछि हराएका आफ्ना परिवारका सदस्य जीवित छन् कि छैनन् भन्ने अन्योलमा रहेका परिवारका लागि डिएनए परीक्षण अब आशा र सत्य पत्ता लगाउने महत्वपूर्ण माध्यम बन्ने विश्वास गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend