Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा र नुवाकोटका जलविद्युत आयोजनाको सुरूङमा लेदो पन्छाएर खोजी तथा उद्धार आज पनि जारी


२१, भदौ २०८३
  • 220
    SHARES
  • रसुवा र नुवाकोटका जलविद्युत आयोजनाको सुरूङमा लेदो पन्छाएर खोजी तथा उद्धार आज पनि जारी

    काठमाडौं। रसुवाकाे भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आइतबार पनि खोजी तथा उद्धार कार्य निरन्तर रुपमा जारी रहेकाे छ।

    नेपाली सेनाले मुख्यगरी टनेलमा खोज तथा उद्धार जारी रहेकाे जनाएको हाे। रसुवागढी जलविद्युत्, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी गराएकाे छ।

    शनिबार रसुवागढी जलविद्युत आयोजनामा विद्युत गृहको छैठौं तलामा पुगेर खोजी गरेको र त्यसक्रममा केही फेला नपरेको सेनाले जनाएको हाे । त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि सेनाका ७५, सशस्त्र प्रहरीका १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ ।

    त्रिशूली–३ ‘बी’मा सेना ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीन वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको हाे । टोलीले अडिट–२ टनेलबाट ‘एक्साभेटर’ लैजान सक्नेगरी बाटो सफा गरेको छ ।

    चिलिमे जलविद्युत् आयोजनामा विदेशीसहितको संयुक्त टोलीले ‘मिनि एक्साभेटर’ र पम्पको सहायताले लेदो फाली १०५ मिटर भित्रसम्म खोजी गरेको हाे । त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ ।

    माथिल्लो त्रिशूली–१ को हाकु सुरुङको २५० मिटरभित्रबाट विदेशीसहितको संयुक्त उद्धार टोलीले हिजो चिनियाँ नागरिक लु हाइताओको जीवितै उद्धार गरेको थियो । बाढीपछि सुरुङमा फसेका ३ जना र नुवाकोटको विदुरमा एउटा घरबाट एक महिला गरी दुई दिनमा ४ जनाको जिवितै उद्धार गरिएकाे सेनाले जनाएकाे छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend