Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृष्णभीरमा नयाँ ट्र्याक खुल्यो, पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी तीव्र


२१, भदौ २०८३
  • 138
    SHARES
  • कृष्णभीरमा नयाँ ट्र्याक खुल्यो, पृथ्वी राजमार्ग पुनः सञ्चालनको तयारी तीव्र

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोले सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएपछि माथिल्लो भागबाट नयाँ ट्र्याक खोल्दै सडक पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। निर्माण सामग्री, इन्धन र प्राविधिक उपकरण घटनास्थलसम्म पुर्‍याउने वैकल्पिक बाटो तयार भएपछि अब उक्त ट्र्याकलाई फराकिलो, सुरक्षित र व्यवस्थित बनाउने काम युद्धस्तरमा अघि बढाइएको छ।

    नौबिसे–मुग्लिन सडक आयोजनाका अनुसार डाँडामाथिको रुख कटान तथा झाडी फाँडेर दुवैतर्फ करिब चार मिटर चौडाइको नयाँ ट्र्याक खोलिएको छ। मुख्य सडक भासिएको स्थानभन्दा माथिल्लो भागबाट तयार गरिएको उक्त ट्र्याकलाई अहिले स्थायी रूपमा सवारी सञ्चालन गर्न मिल्ने सडकमा रूपान्तरण गर्ने काम भइरहेको छ।

    हाल सडकको भित्ता काट्ने, बाटो फराकिलो बनाउने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने तथा प्राविधिक डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने काम तीव्र पारिएको आयोजनाले जनाएको छ। सर्वसाधारणका सवारीसाधन तत्काल सञ्चालन गर्न भने अझै केही समय लाग्नेछ।

    आयोजनाले आगामी भदौ मसान्तभित्र सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाएको छ। समयमै सडक सञ्चालनमा ल्याउन आजदेखि थप भारी उपकरणसमेत परिचालन गरिएको छ।

    मुख्य सडकबाट करिब २० मिटर अग्लो स्थानमा ३५० मिटर लामो नयाँ ट्र्याक तयार पारिएको छ। अहिले उक्त बाटो निर्माण सामग्री ओसारपसार, इन्धन पुर्‍याउन तथा कामदार र प्राविधिक जनशक्तिको आवतजावतका लागि मात्र प्रयोग भइरहेको छ।

    आपत्कालीन अवस्थामा सर्वसाधारणले पैदल वारपार गर्न सक्ने अवस्था भए पनि सवारीसाधन सञ्चालनका लागि आवश्यक स्लोप कटिङ र सडकको भित्ता काट्ने काम अझै बाँकी रहेको आयोजनाले जनाएको छ। पहिरोको जोखिमलाई समेत ध्यानमा राख्दै प्राविधिक डिजाइनअनुसार सडक संरचना तयार पार्ने काम भइरहेको छ।

    कामलाई तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्यस्थलमा एक्साभेटरको सङ्ख्या सात पुर्‍याइएको छ। यसका साथै एउटा जेसिबी, एउटा लोडर र दुई वटा बुल्डोजरसहित पर्याप्त प्राविधिक जनशक्ति परिचालन गरिएको छ।

    आवश्यकताअनुसार थप मेसिनरी र जनशक्ति परिचालन गरी सडक पुनर्निर्माणलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ। देशको मुख्य यातायात सञ्जालमध्ये एक मानिने पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भइरहेका बेला नयाँ ट्र्याक खुलेसँगै सडक पुनः सञ्चालन हुने आशा बढेको छ।

    अब चुनौती नयाँ ट्र्याकलाई केवल निर्माण प्रयोजनको बाटोमा सीमित नराखी सुरक्षित र नियमित सवारी सञ्चालन गर्न मिल्ने सडकका रूपमा तयार गर्नु रहेको छ। आगामी भदौ मसान्तभित्र गाडी गुडाउने लक्ष्य पूरा भए पृथ्वी राजमार्गमा अवरुद्ध यातायात क्रमशः सहज हुने अपेक्षा गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend