Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मौसम हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने


५, असोज २०८३
  • 36
    SHARES
  • मौसम हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने

    काठमाडौं । यातायात व्यवस्था विभागले यस वर्षको दसैँमा लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ प्रतिकूल मौसम तथा सडकको अवस्थालाई मूल्याङ्कन गरेर मात्रै खुलाउने तयारी गरेको छ। बाढी, पहिरो र सडक अवरोधको जोखिम कायमै रहेकाले तत्काल टिकट बुकिङ खोल्नुभन्दा केही दिनको मौसम तथा यातायात अवस्थालाई हेरेर निर्णय गर्न सरोकारवालाले सुझाव दिएका छन्।

    चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनबारे सोमबार काठमाडौंमा आयोजित छलफलमा विभागले विपद्को पछिल्लो अवस्था, मौसमको पूर्वानुमान तथा प्रमुख राजमार्गको अवस्थालाई आधार बनाएर अग्रिम टिकट बुकिङको मिति तय गर्ने जनाएको हो।

    विभागका महानिर्देशक राजीव पोखरेलले दसैँमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा मात्र सीमित नगरी वास्तविक र कडाइका साथ परीक्षण गरेर मात्रै रुट परमिट दिने व्यवस्था गरिने बताए। यात्रुको सुरक्षा सुनिश्चित गर्न सवारीको प्राविधिक अवस्था परीक्षणलाई प्राथमिकतामा राखिने उनको भनाइ छ।

    चाडपर्वका बेला सडकमा हुने जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना तथा यात्रुका लागि राजमार्गमा उपलब्ध होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइमा समेत निगरानी बढाइने भएको छ। यसका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक समन्वय तथा अनुगमनको जिम्मेवारी दिइने विभागले जनाएको छ।

    बाढी तथा पहिरोका कारण प्रभावित बीपी राजमार्ग, हेटौँडा जोड्ने सडकसहित प्रमुख राजमार्ग तत्काल सञ्चालनयोग्य बनाउन पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गर्ने निर्णयसमेत भएको छ। दसैँको यात्राका क्रममा सडक अवरोधका कारण यात्रुले सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले सडक मर्मत तथा सफाइलाई प्राथमिकतामा राखिने विभागको भनाइ छ।

    यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सार्वजनिक यातायातको भाडा नबढ्ने गरी इन्धनको मूल्य स्थिर राख्न पहल गर्ने निर्णय भएको छ। यसका लागि उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत आवश्यक पहल गरिने विभागले जनाएको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भने इन्धनको मूल्य स्थिर राख्नुका साथै सार्वजनिक यातायातको भाडा समायोजन गर्न आग्रह गरेका छन्। विभागले एक वर्षको भाडा समायोजन गरेकोमा सकारात्मक रहेको उल्लेख गर्दै उनले त्यसमा रहेका केही प्राविधिक त्रुटि सुधार गर्न सुझाव दिए।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि चाडपर्वको अवधिभर यात्रुलाई थप आर्थिक भार नपर्ने गरी राज्यले आवश्यक कदम चाल्नुपर्ने सिटौलाको माग छ।

    व्यवसायीहरूले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री सेवा लागू गर्न आफूहरू तयार रहेको बताएका छन्। तर, त्यसका लागि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड बनाउनुपर्ने उनीहरूको भनाइ छ।

    दसैँमा ठूलो संख्यामा यात्रु राजधानीलगायत प्रमुख सहरबाट आ–आफ्नो घर फर्किने भएकाले सवारीको प्राविधिक सुरक्षा, सडकको अवस्था, टिकट व्यवस्थापन, इन्धनको मूल्य र राजमार्गका यात्रु सेवा केन्द्रको अनुगमनलाई एकीकृत रूपमा अघि बढाउने तयारी विभागले गरेको छ।

     
     
     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend