Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश


६, असोज २०८३
  • 62
    SHARES
  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश


    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग लागेको आधारमा अनिवार्य रूपमा हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले सोमबार रोशन आउजीसहितका व्यक्तिले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै हतकडी प्रयोगका लागि स्पष्ट आधार र जोखिम मूल्यांकन आवश्यक हुने ठहर गरेको हो।

    सर्वोच्चले पक्राउ परेका व्यक्तिबाट भाग्ने वा उम्किने सम्भावना, हिंसात्मक व्यवहार गर्न सक्ने अवस्था तथा आफू वा अन्य व्यक्तिलाई क्षति पुर्‍याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्यांकन गरेर मात्र हतकडी प्रयोग गर्नुपर्ने जनाएको छ।

    अदालतका अनुसार अपरिहार्य अवस्थामा हतकडी लगाउन सकिने भए पनि त्यसको स्पष्ट कारण खुलाउनुपर्नेछ। साथै, हतकडी प्रयोग गरिएको विवरणको अभिलेखसमेत राख्नुपर्ने आदेशमा उल्लेख छ।

    सर्वोच्चले अनावश्यक तथा स्वचालित रूपमा हतकडी लगाउने अभ्यासले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र वैयक्तिक स्वतन्त्रताको हक प्रभावित हुन सक्ने जनाएको छ।

    प्रचलित कानुनले आवश्यक अवस्थामा बल प्रयोग गर्न सक्ने व्यवस्था गरे पनि हतकडी प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड नरहेको अवस्थालाई ध्यानमा राख्दै अदालतले यसको प्रयोगलाई आवश्यकतामा आधारित र सीमित बनाउन निर्देशन दिएको हो।

    यो आदेशसँगै अब पक्राउ परेका प्रत्येक व्यक्तिलाई अभियोग वा पक्राउ पुर्जीको आधारमा मात्र हतकडी लगाउने अभ्यासका सट्टा सम्बन्धित व्यक्तिको व्यवहार र जोखिमको वस्तुनिष्ठ मूल्यांकन गर्नुपर्ने भएको छ।

    image-118.png

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend