Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुटिनको दललाई रुसी संसदीय निर्वाचनमा स्पष्ट बहुमत, ३५५ सिट जित्ने प्रारम्भिक परिणाम


६, असोज २०८३
  • 62
    SHARES
  • पुटिनको दललाई रुसी संसदीय निर्वाचनमा स्पष्ट बहुमत, ३५५ सिट जित्ने प्रारम्भिक परिणाम

    मस्को । युक्रेनी ड्रोन आक्रमण र साइबर हमलाको छायाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । प्रारम्भिक मतगणनामा उक्त दलले ४५० सदस्यीय राज्य डुमामा ३५५ सिट जित्ने स्थिति बनेको रुसी केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

    सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्णस्तरको सैन्य कारबाही सुरु गरेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो । ९५ प्रतिशतभन्दा बढी मतगणना हुँदा युनाइटेड रसियाले ५७.८३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । सन् २०२१ को निर्वाचनमा यो दलले ४९.८ प्रतिशत मत पाएको थियो ।

    यसअघि करिब ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७.५ प्रतिशत मत पाएको थियो । कम्युनिस्ट पार्टी १४ प्रतिशत र राष्ट्रवादी एलडिपिआर ८.७ प्रतिशत मतसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए ।

    निर्वाचनका क्रममा भने रुस–युक्रेन युद्धको प्रभाव प्रत्यक्ष देखियो । मतदानको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन् । मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार करिब १ हजार ६ सय ड्रोन प्रहार गरिएकामा करिब ४५० राजधानी मस्कोतर्फ लक्षित थिए । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र पूर्वाधारमा क्षति पुगेको रुसी पक्षको भनाइ छ ।

    त्यस्तै, रुसी निर्वाचन पूर्वाधारमाथि एक हजारभन्दा बढी चरणमा डिडिओएस साइबर आक्रमण भएको केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले बताएकी छन् । उनका अनुसार आक्रमणहरू समन्वित प्रकृतिका थिए र अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता प्रयोग भएको देखिएको थियो ।

    निर्वाचनमा पुटिन सरकार तथा युक्रेन युद्धको आलोचना गर्ने शक्तिहरूको सहभागितालाई लिएर पनि विवाद देखिएको थियो । युद्धविरोधी याब्लोको पार्टीलाई निर्वाचनअघि सङ्घीय सूचीमा उम्मेदवारी दिन सर्वोच्च अदालतले रोक लगाएको थियो । यद्यपि उसका केही उम्मेदवार एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा रहेका थिए । रुसले नियन्त्रणमा लिएको युक्रेनका केही भूभागमा समेत मतदान गराइएको थियो ।

    प्रारम्भिक परिणामअनुसार युनाइटेड रसियाले राज्य डुमामा संवैधानिक बहुमत कायम राख्ने देखिएको छ । निर्वाचनको परिणामलाई पुटिनले युक्रेन युद्धप्रति जनसमर्थनको संकेतका रूपमा प्रस्तुत गर्न सक्ने बताइएको छ । यता युक्रेनले रुसमा भएको मतदानलाई अस्वीकार गर्दै आएको छ । एजेन्सी

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend