Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त


७, असोज २०८३
  • 53
    SHARES
  • विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

    काठमाडौँ । नेपाल विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो।

    नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

    शपथ ग्रहणपछि मन्त्री तिमिल्सिनाले अध्यक्ष श्रेष्ठलाई नेपालको विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन्।

    मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन तथा सुधारमा बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    विज्ञापन बजारको विस्तारसँगै यस क्षेत्रमा देखिएका नियमन, व्यवस्थापन तथा पारदर्शितासम्बन्धी विषयलाई व्यवस्थित गर्न बोर्डको भूमिका महत्वपूर्ण हुने भएकाले नवनियुक्त अध्यक्ष श्रेष्ठसमक्ष प्रभावकारी नेतृत्वको अपेक्षा गरिएको छ।

    चार वर्षसम्मको कार्यकालका लागि जिम्मेवारी पाएका श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बोर्डको संस्थागत भूमिकालाई थप सुदृढ गर्ने जिम्मेवारी पाएका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend