Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम


३०, साउन २०८०
  • 191
    SHARES
  • नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’ तालिम

    काभ्रेपलाञ्चोक । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो ।

    गणले जुनियर डिभिजन तालिम साउन १ गते सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको जनाएको छ । हाल जिल्लाका पाँच विद्यालयमा जुनियर र अन्य दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराइरहेको गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार सिनियर तालिमका लागि विद्यालय तथा विद्यार्थी छनोट गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

    एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिने उहाँले बताउनुभयो ।

    “यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार विपद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ । 

    काभ्रेमा वार्षिक दुई सय ५२ विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइन्छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने छ । तालिममा छनोट विद्यालयबाट १८ छात्र र १८ छात्रा प्रतिडिभिजनमा सहभागी हुन्छन् ।

    गणले हाल पनौती नगरका एसओएस बालग्राम, डिभाइन लाइट स्कुल र पुण्य माध्यमिक विद्यालय, धुलिखेलको सञ्जिवनी मावि, बनेपाको आर्दश विद्या मन्दिर र बेलर स्कुल तथा सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सञ्चालन गरेको हो भने आर्दश विद्या मन्दिर र बेलरमा सिनियर डिभिजन तालिमको तयारी भइरहेको जनाइएको छ । 

    तालिमपश्चात विद्यार्थीमा अनुशासित, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने जनाइएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् । 

    तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाको बेलर स्कुका विद्यार्थीलाई श्रीलङ्कामा यस्तै कार्यक्रममा सहभागी गराइएको थियो । नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम वि.सं २०२२ कात्तिक ७ गतेबाट सुरु गरे पनि केही वर्ष सञ्चालनमा आएको बताइन्छ । आर्थिक वर्ष २०७२/७३ बाट पुनः सुरु गरेको तालिमअन्तर्गत काभ्रेपलाञ्चोकमा आ.व २०७१/७२ बाट सुरु गरिएको हो । 

    नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक सात हजार सात सय विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ ।सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend