Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माधव नेपाल नाम मात्रका वामपन्थी : अध्यक्ष ओली


३०, साउन २०८०
  • 1,377
    SHARES
  • माधव नेपाल  नाम मात्रका वामपन्थी : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन अवस्थामा पार्टीको बरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताउनुभएको हो ।

    आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्धत गरेको उहाँले बताउनुभयो । दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ ।

    अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिकृयाबादीहरुले सुन्न पनि नचाहेको बताउनुभयो । साइनबोर्ड बामपन्थी राखेर स्वार्थ बोकेकाहरुले दक्षिणपन्थी झोला बोकेको उहाले टिप्पणी गर्नुभयो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend