Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आप्रवासी चढेको डुंगा दुर्घटना हुदाँ ६० जनाको मृत्यु


३२, साउन २०८०
  • 249
    SHARES
  • आप्रवासी चढेको डुंगा दुर्घटना हुदाँ ६० जनाको मृत्यु

    पश्चिम अफ्रिकी देश केप भर्दे नजिक आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। 

    आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईओएमले दुर्घटनामा परेका ३८ जनाको उद्धार गरिएको बताएको छ। उद्धार गरिएकामा १२ देखि १६ वर्ष उमेरका बालबालिका पनि छन् । करिब १०० मानिस सवार डुंगा अवैध रुपमा सामुद्रिक बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा दुर्घटनामा परेको हो। 

    आन्ध्र महासागरीय देश केप भर्दे हुदैँ डुंगा युरोप प्रवेश गर्न लागेको थियो। डुंगामा सेनेगल तथा सिएरा लियोनका व्यक्ति रहेको अनुमान छ। यही मार्गबाट युरोप प्रवेश गर्न खोज्दा गत वर्ष ५५९ जनाको मृत्यु भएको थियो।

    यो वर्षको शुरुमै जहाज दुर्घटना हुँदा १२६ जनाको मृत्यु भएको थियो। अवैध रुपमा युरोप प्रवेश गर्ने खोज्ने अफ्रिकी तथा मध्यपूर्वी एसियाली मुलका नागरिक कठिन सामुद्रिक मार्ग र कमजोर डुंगाका कारण दुर्घटना पर्ने गरेका छन्।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend