Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब क-कसलाई मुद्धा दर्ता हुन्छ ?


८, जेठ २०८०
  • 241
    SHARES
  • अब क-कसलाई मुद्धा दर्ता हुन्छ ?

    काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफू नेतृत्वको सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन्। आइतबार संसद बैठकमा बोल्दै उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिए। ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको समेत दाबी गरे।

    ओलीले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए। मेरो पालामा एउटा समिति बनेको हो। त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ। मलाई त त्यसबेला पिङ खेलाएका थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन। पछि अर्को सरकारको पालामा कागज फेरि यो माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो।

    यो प्रकरण सरकारले बाहिर ल्याएको  नभएर आफैँ बाहिर आएको ओलीको बताए। ‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन। आफै बाहिर आएको हो। आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उनले भने। यसअघि पार्टी केन्द्रीय कमिटी बैठकमा भुटानी शरणार्थी प्रकरणबारे ओलीले लामो वक्तव्य दिएका थिए। उनले भुटानी नागरिक कसरी नेपाल आइपुगे, उनीहरुलाई झापामा बसोबासको व्यवस्था कसरी भयो र भुटान फर्काउने प्रयास कसरी असफल भयो भन्नेबारे आफ्ना धारणा राखेका थिए।

    अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण २०७९ जेठमै तत्कालीन सरकार र प्रहरी नेतृत्वले सामसुम पार्ने प्रयास गरेको आरोप पनि लगाएका थिए। पीडितहरुले २०७९ जेठ ३० मा प्रहरीमा उजुरी दिएको र आरोपितको बयान सुनेपछि छाडिएको पनि उनले जिकिर गरेका थिए।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन्। उनीहरुको अनुसन्धान प्रतिवेदन आइतबार साँझसम्म बुझाउने तयारी भए पनि प्रहरीले सबैको ३ दिन म्याद थपेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। उनीहरुको बयानकै आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायतका उच्च पदस्थ व्यक्ति पक्राउ परिसकेका छन्।

    प्रहरीले पक्राउ परेका १६ र करिब त्यत्ति नै संख्यामा अन्यमाथि ‘चार्जसिट’ बुझाउने तयारी गरे पनि कतिपय पोलिएकाहरुलाई भने छाड्ने तयारी गरेको छ। पक्राउ परेकाहरुको बयानबाट खाँण, रायमाझी, टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा  बादलका सल्लाहकार इन्द्रजित राई जस्ता जस्ता उच्च पदस्थ व्यक्तिहरु पक्राउ परिसक्दा सोही प्रकरणमा नाम जोडिएका केही व्यक्तिहरु विरुद्ध भने प्रहरीले मुद्दा नचलाउने भएको छ। बयानका क्रममा बादलका छोरा र उनकी श्रीमतीले पनि पैसा बुझेको खुलेको थियो। तर, प्रहरीले उनीहरु विरुद्ध मुद्दा नचलाउने भएको छ।

    देउवा पत्नी आरजु राणाको पनि नाम सो प्रकरणमा जोडिएर आएको थियो। यद्यपि स्रोतका अनुसार बयानका क्रममा आरजुले रकम नबुझेको बयानकर्ताहरुले बताएका थिए। त्यस्तै शरणार्थी प्रकरण बाहिर आएर खाँण पक्राउ परेसँगै चर्चामा रहेको अर्को नाम हो( उनकी पत्नी मन्जु खाँण। बालकृष्ण खाँण पक्राउ परेदेखि एकपटक पनि सम्पर्कमा नआएकी उनी विदेश भागेको भनेर केही सञ्चार माध्यमले दाबी गरेका थिए तर शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा उनी संसदमा नै देखिएकी  छन्। प्रहरीले उनलाई पनि उन्मुक्ति दिने तयारी गरेको छ।

    यस प्रकरणसँग नाम जोडिएका अर्का व्यक्ति अख्तियार प्रमुख प्रेम राई। उनीबिरुद्ध पनि प्रहरीले मुद्दा लैजाने तयारी गरेको छैन । त्यस्तै, पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापाका सल्लाहकार, उनका छोराको नाम जोडिसक्दा उनको पनि संलग्नता रहेको हुनसक्ने धेरैले अनुमान गरेका थिए। तर बादलको नाममा पनि कुनै अभियोग दर्ता भएको छैन। थापा गृहमन्त्री हुँदा नै ठगीको शृंखला सुरु भएको थियो। थापाका छोरा प्रतीकलाई भने प्रहरीले फरारको सूचीमा राखेर मुद्दा चलाउने भएको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

    पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा रहेको कार्यदलमा गणेशबहादुर केसी सदस्य र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्य सचिव थिए। प्रहरी स्रोतका अनुसार उनीहरुको संलग्नता रहेको बारे प्रर्याप्त प्रमाण नभएका कारण अभियोग दर्ता गर्न नसकिएको हो।

    ‘कसैलाई चोख्याउने भन्ने कुरा कानुनमा छैन। जस्को संलग्नता देखिन्छ उहाँहरुको प्रमाण जुटाएर मुद्दा दर्ता गर्ने हो,’ प्रहरी स्रोत भन्छ, ‘उहाँहरु विरुद्ध प्रमाण नै जुटेका कारण अभियोग दर्ता नहुने भएको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी दान बहादुर कार्की भने यस प्रकरणमा निष्पक्ष रुपमा अनुसन्धान भइरहेको बताउँछन्। उनी भन्छन्, ‘प्रकरणमा नाम जोडिएका र प्रमाणले उनीहरुको संलग्नता पुष्टि भएका कसैलाई पनि उम्कन दिने भन्ने कुरै हुँदैन। संलग्नता देखिए कारबाही हुन्छ।

    प्रहरीले अनुसन्धान सकाएर आइतबार प्रतिवेदन बुझाउने तयारी गरेपनि प्रतिवेदन तयारीको काम नसकिएपछि पक्राउ परेकाहरुलाई थप तीन दिन हिरासतमै राख्न अनुमति पाएको छ।यो। नक्कली शरणार्थी प्रकरणमा मञ्जु समेत मुछिएको सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्। सांसद समेत रहेकी खाण शुक्रबार संसदमा देखा परेकी हुन्। बालकृष्णसहित १६ जनामाथि अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend