Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु 


७, भदौ २०८०
  • 134
    SHARES
  • रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु 

    काठमाडौं । रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ । पश्चिमी रुसको तेबेर शहरमा निजी विमान दुर्घटना हुदाँ प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रुसी फेडरल ट्रान्सपोर्ट एजेन्सीलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

    विमान दुर्घटनामा वागनरका सहसंस्थापक दिमित्री अतकिन पनि परेको बताइएको छ । दुर्घटनापछि आगो लागेको विमानमा सवार कोही पनि जिवित नरहेको बताइएको छ तर वागनर प्रमुख सवार विमानमा कसैले आक्रमण गरेको हो वा प्राविधिक गडवडी हो भन्ने यकिन भइसकेको छैन ।

    प्रिगोजिनको नेतृत्वमा वागनर सैनिकले रुसको तर्फबाट युक्रेनमा लामो लडाई लडेका थिए । विशेषगरी युक्रेनको खर्सोन क्षेत्रलाई नियन्त्रणमा लिन प्रिगोजिनको महत्वपूर्ण भूमिका थियो । त्यसपछि प्रिगोजिनको रुसी संस्थापनसँग मतभेद बढेको थियो । उनले दुई महिना अघि आफ्नो सैन्य समूह लिएर मस्को कब्जा गर्ने धम्की दिएका थिए ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend