Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु


९, भदौ २०८०
  • 245
    SHARES
  • मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु

    तमिलनाडु । शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५०भन्दा बढी घाइते भएका छन् । पुनालुर–मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा बिहान आगालागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई रु १० लाख अनुदान दिने घोषणा गरेको छ ।

    अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विष्फोट हुँदा उक्त हतातहती भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ । कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिन्डर विष्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र नौ शव बरामद गरिएका जनाइएको छ ।

    दुर्घटनास्थलमा उद्धार जारी छ । दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैरकानुनीरुपमा ग्यास सिलिण्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् ।

    जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुत तिरेर यात्रा गर्नसक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने काुननी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend