Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा


२७, भदौ २०८०
  • 154
    SHARES
  • परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा

    वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुग्नुभएको छ । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गर्नुभएको थियो । 

    न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनुहुनेछ । गत सेप्टेम्बर ५ देखि सुरु भएको वार्षिक महासभामा विश्वभरका उच्चस्तरका नेताहरुले सेप्टेम्बर १९ तारिखदेखि सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ । 

    यसपटकको महासभालाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असोज ४ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यसपटक विश्वभरका नेताहरुले सद्भावको पुनःनिर्माण प्रारम्भ र विश्वव्यापी ऐक्यबद्धता:सन् २०३० को एजेण्डाको द्रुतगतिमा कार्यान्वयन र यसको दिगो विकास लक्ष्यतर्फ शान्ति, समृद्धि, प्रगति र सबैका लागि दिगोपन भन्ने मूल नारा तय गरिएको छ ।

    यही सिलसिलामा सेप्टेम्बर १८ र १९ तारिखको दिन दिगो विकाससम्बन्धी सम्मेलन हुनेछ । २० तारिखको दिन विकासका लागि वित्तीय परिचलानका विषयमा उच्चस्तरीय संवाद हुनेछ । सोही दिन जलवायु परिवर्तनसम्बन्धी सम्मेलनसमेत हुनेछ । यस सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले विश्वभरबाट महासभामा भाग लिन आएका सरकारी, गैरसरकारी, व्यावसायिक, नागरिक समाजका प्रतिनिधिलाई जलवायु असरका बारेमा सम्बोधन गर्नुहुनेछ । 

    यसैगरी २० तारिखकै दिन महामारी नियन्त्रण, पूर्वतयारी र उत्तरदायी विषयमा समेत छलफल हुने कार्यक्रम रहेको छ । राष्ट्रसङ्घले दिएको जानकारीअनुसार यसपटकको महासभामा मुख्य कार्यक्रममा भविष्यका लागि मन्त्रिस्तरीय सम्मेलन, युनिभर्सल हेल्थ कभरेज, क्षयरोगविरुद्धको लडाईंका विषयमा छलफल हुने जनाइएको छ । यी कार्यक्रममा नेपालले मन्त्रिस्तरीय, प्रधानमन्त्री स्तरीयरुपमा सहभागिता जनाउनेछ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend