Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गौरीशङ्कर लालको शताब्दी जन्मोत्सव मनाइँदै


३, असोज २०८०
  • 219
    SHARES
  • गौरीशङ्कर लालको शताब्दी जन्मोत्सव मनाइँदै

    काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य डा. गौरीशङ्करलाल दासको शताब्दी जन्मोत्सव मनाइँदै छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा. दासको शताब्दी जन्मोत्सवका अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रम गरेर मनाइने उल्लेख छ । 

    वि.सं २०८० भदौ ३१ गते काठमाडौँमा आयोजित नागरिक समाजका अगुवाहरूको भेलाले २३औँ  प्रकाश मानव अधिकार पुरस्कार २०७४ बाट सम्मानित व्यक्तित्व डा. दासको सम्मानमा कार्यक्रम गर्न राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायको संयोजकत्वमा २०८० भदौ ३१ गते बसेको बैठकले ३५ सदस्यीय ‘मानव अधिकार शताब्दी व्यक्तित्व डा. गौरीशङ्करलाल दास शताब्दी जन्मोत्सव समारोह समिति’ गठन गरेको थियो । 

    उक्त समितिको सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्यद्वय सुशील प्याकुरेल, र कपिल श्रेष्ठ, डा. रामदयाल राकेश, डा. केबी रोकाया, गौरी प्रधान, इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेल, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष भावना भट्ट, जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईं रहनुभएको छ । 

    त्यस्तै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, नेपाल मानवअधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, एम्नेष्टी नेपालका अध्यक्ष विपीन बुढाथोकी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिमिल्सिना, मानव अधिकार एलाइन्सका महासचिव विदुर सुवेदी, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधानलगायत पनि सो समितिको सदस्य रहनुभएको छ ।

    उक्त समितिले डा. दासको सम्मानमा वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्ने र सो कार्यक्रमका लागि गठित समितिको सचिवालय इन्सेक केन्द्रीय कार्यालयमै राख्ने निर्णय समेत गरेको छ । वि.सं १९८१ असोज ९ गते सिरहा जिल्लामा जन्मिएर चिकित्सा सेवा, मानवअधिकार र समाजसेवाका क्षेत्रमा मुलुकलाई महत्वपूर्ण योगदान दिनुभएका उहाँ यही असोज ८ गते एक सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ  ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend