Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु


९, असोज २०८०
  • 203
    SHARES
  • इन्धन डिपो विष्फोट हुँदा २० जनाको मृत्यु

    काठमाडौं। अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सो घटनामा परी सयौं घाइते भएको स्थानीय आर्मेनियाली अधिकारीहरूले बताएका छन् । करीव ३०० मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो, जसमध्ये दर्जनौं अझै पनि गम्भीर अवस्थामा छन् ।

    आर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएको थियो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब एक लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ ।

    मुख्य सहर स्टेपानाकर्टमा सोमबार साँझ बिस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । मानव अधिकारकर्मी ओम्बड्सम्यान गेघम स्टेपान्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्धन गोदाममा विस्फोट हुँदा घाइते हुनेको सङ्ख्या २०० नाघेको छ । धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नागोर्नो–काराबाखको चिकित्सा क्षमता पर्याप्त छैन ।’

    मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको मृत्यु अस्पतालमा भएको बताएका छन् । गत साता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि, येरेभानमा आर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले सो क्षेत्र छोडेका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend