Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एक लाख आदिवासी आर्मेनियाली पलायन


१३, असोज २०८०
  • 132
    SHARES
  • एक लाख आदिवासी आर्मेनियाली पलायन

    अर्मेनिया । अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । गत साता उक्त क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट अधिकांश पलायन भएका काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन् । 

    अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन् । 

    अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन् । 
    शरणार्थीसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि  एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई  तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ । 

    नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आइतबारसम्ममा त्यहाँ पुग्ने बताइएको छ । 

    आर्मेनियाका पूर्वपृथकतावादी नेता आर्टक बेग्लरियानले नागोर्नो–काराबाखका बासिन्दाको अन्तिम समूह शनिबार आर्मेनियातर्फ लागेको बताएका छन् । “अधिकांशमा केही सय व्यक्तिमात्र बाँकी छन्, तीमध्ये अधिकांश अधिकारी आपतकालीन सेवाका कर्मचारी र  स्वयंसेवक हुन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

    अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक सोमबार नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको भीषण विस्फोटमा कम्तीमा एक सय ७० जनाको मृत्यु भएको थियो । अर्मेनियालीहरूद्वारा स्टेपानाकर्ट भनेर चिनिने खानकेन्डी नजिकै विस्फोटको कारण  अझै स्पष्ट भइसकेको छैन । 

    गत बिहीबार अजरवैजानले  नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो । 

    नागोर्नो–काराबाखका स्वतन्त्रता पक्षधर आर्मिनियाली नेता सम्वेल शाहरामन्यानले सन् २०२४ को जनवरी १ देखि यसको अस्तित्व समाप्त हुने घोषणा गरेका थिए । नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका उनले जनताको सुरक्षाका खातिर त्यो अप्रिय निर्णय गर्नुपरेको स्पष्ट गरेका थिए ।  

    अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि आदिवासी आर्मेनियालीहरूद्वारा नियन्त्रित थियो । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको म्ुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान थियोे ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend