Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु 


१७, असोज २०८०
  • 261
    SHARES
  • इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु 

    काठमाडौं । भेनिस ओभरपासमा इटालियन पर्यटक बस दुर्घटना हुँदा २० भन्दा बढीको मृत्यु भएको छ । करिब ४० जना यात्रु बोकेको बस ‘एलिभेटेड ओभरपास’बाट १५ मिटर तल खसेको र त्यसपछि आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

    उनीहरूका अनुसार उत्तरी इटालीको भेनिस नजिकै विदेशी पर्यटक बोकेको बस एक ‘एलिभेटेड ओभरपास’बाट ५० फिट तल खसेर आगलागी हुँदा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको र १८ जना घाइते भएका छन् ।

    मंगलबार साँझ स्थानीय समय अनुसार १९ः४५ बजे बारमा ठोक्किएर बस सडकबाट खसेको, बिजुलीको लाइनमा परेको र त्यसपछि आगो लागेको थियो । भेनिसका मेयर लुइगी ब्रुङनारोले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एक दुःखदायी दृश्य ।’ मृतकको सम्झनामा भेनिसमा आधिकारिक शोक घोषणा गरिएको मेयरले बताउनुभएको छ । के कारणले भयानक दुर्घटना भयो भन्ने खुल्न सकेको छैन ।

    भेनिस सहरका काउन्सिलर रेनाटो बोरासोले बसमा ४० यात्रु सवार रहेको र त्यसमध्ये २१ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताउनुभएको छ । बोरासोले दुर्घटनामा घाइते भएका धेरैको अस्पतालमा अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘यो एक भयानक त्रासदी हो, शहर शोकमा छ ।’

    मारिनेमा पाँचजना युक्रेनी र एकजना जर्मन रहेको भेनिसका गृह मन्त्रालयका स्थानीय प्रतिनिधि मिशेल डि बारीले जानकारी दिनुभएको छ । बसमा फ्रान्स र क्रोएसियाका यात्रुहरू पनि सवार रहेको इटालियन समाचार एजेन्सी एएनएसएले जनाएको छ ।

    समाचारमा उल्लेख भएअनुसार बस चकनाचुर भएको छ । अग्नी नियन्त्रकहरूलाई धेरै शवहरू बाहिर निकाल्न समस्या भएको छ । घाइतेमध्ये दुईजना रहेको बताइएको छ । मंगलबार साँझसम्म उद्धारकर्ताहरूले बसको भग्नावशेष हटाउन प्रयास गरिरहेका छन् । 

    प्रधानमन्त्री जर्जिया मेलोनीले एक विज्ञप्तिमा सरकार पीडितहरू, उनीहरूका परिवारको साथमा रहेका बताएका छन् । इटालीमा हालैका वर्षहरूमा धेरै व्यक्तिको बस दुर्घटनामा परी मृत्यु भएको छ ।

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend