Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विशिष्ट छन्द साधाना पुरस्कार वरिष्ट कवि सिग्देललाई 


२०, असोज २०८०
  • 196
    SHARES
  • विशिष्ट छन्द साधाना पुरस्कार वरिष्ट कवि सिग्देललाई 

    काठमाडौँ । यस बर्षको विशिष्ट छन्द साधाना पुरस्कार वरिष्ट कवि भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । 

    छन्द–तरङ्गको पाँचौं बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेद्धारा वरिष्ट कवि भुवनहरि सिग्देललाई उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै छन्दसाधना युवा प्रतिभा पुरस्कार २०८० बाट युवाकवि कविराज पौडेललाई प्रदान गरिएको छ ।

    कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले कविहरुले सिर्जनामार्फत समाजको चित्रण, गन्तव्यलाई कलम चलाउने र राजनीति गर्नेले पनि समाजको चित्रण, गन्तव्यका लागि काम गर्ने भएकाले समानता रहेको बताउनुभयो । उहाँले गाँउगाँउमा समाजलाई सचेत गराउनका लागि श्रष्टाहरु र राजनीतिज्ञहरुले एक आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । 

    नगद रु. २५ हजार र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र १५ हजार र प्रमाणपत्र रहेको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को रकममा यस वर्षदेखि वृद्धि गरी क्रमशः ४० हजार  र २० हजार  पुराइएको छ ।

    छन्द–तरङ्गले २०७६ सालदेखि हरेक वर्ष छन्द कविताका एक जना विशिष्ट साधकलाई विशिष्ट छन्दसाधना र २०७९ सालदेखि चालिस वर्षभित्रका एक जना युवाकविलाई ‘छन्द साधना युवा प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend