काठमाडौँ । रामेछापको विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ। तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो।
कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताउनुभयो । उहाँले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताउनुभयो।
प्रवक्ता बर्तौताका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो। ‘उहाँहरुबीच कम्पनीका कारण झगडा भएको देखिन्न’, उहाँले भन्नुभयो, ‘कुनै व्यक्तिगत कारण हुन सक्छ ।’