Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मनिषा मृत्यु प्रकरण : बलात्कार पछि हत्या गरेको आशंकामा एक जना पक्राउ


२०, कात्तिक २०८०
  • 370
    SHARES
  • मनिषा मृत्यु प्रकरण : बलात्कार पछि हत्या गरेको आशंकामा एक जना पक्राउ

    गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका -४ शान्तिपुर बजारमा १५ वर्षीया किशोरी मनिषा रुचालको बलात्कार पछि हत्या गरिएको घटनामा संलग्न एक जनालाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । 

    यहि कार्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४ शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अबस्थामा मृत फेला परेकी मनिषाको बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले दिनुभयो।

    मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीको आधारमा प्रहरीले बाँके जिल्लाको खजुरा गाउँपालिका – ७ हाल शान्तिपुर बस्दै आएका २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन । 

    उनीगत पाँच महिना देखि शान्तिपुरमा बस्दै आएका उनी बिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणी बिरुद्धको मुद्धामा पाँच दिनको म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधानले जानकारी दिनु भएको छ।

    त्यस दिन खेतमा काम गर्ने खेतलाहरुलाई सुर्ति किन्न बिहान ११ बजे शान्तिपुर श्रीलंकाटोलकी शान्ति थापाको पसलमा सुर्ति किनेर फर्किएकी मनिषालाई खाँले बोलाएर कोठाभित्र लगेर जबरजस्ती गर्न खोज्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

    प्रहरीले यो घटना जानकारीमा आएको १२ घण्टा नबित्दै मनिषा बलात्कार पछि हत्या घटनामा संलग्नलाई पहिचान गर्न सफल भएकोमा स्थानीय समाजसेवी र बासिन्दाले गुल्मी प्रहरीको प्रशंसा गरेका छन ।

    अहिले एक जनालाई मात्र अनुसन्धानका लागि ल्याइएको र अरु पनि संलग्न छन वा छैन भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    घटनास्थल रहेको घर भत्काउनु पर्ने माग राख्दै र घटनामा संलग्नलाई कडा भन्दा कडा कार्बाहीको माग राख्दै शान्तिपुरमा आईतबार स्थानीयबासीले बिरोध प्रदर्शन गरेका थिए । 

    मनिषाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको र सोमबार शान्तिपुर ल्याई चन्द्रकोटबासीले मनिषाको शवलाई बजार परिक्रममा गरी अन्त्येष्टि गरिएको छ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend