Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


२५, कात्तिक २०८०
  • 156
    SHARES
  • बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

    झापा। जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र बिर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

    उच्च अदालत विराटनगरले अभियुक्त तिम्सिनालाई पाँच दिन कैद, रू. पाँच लाख जरिवाना र रू. २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो । सोही अदालतको इलाम इजलासले अभियुक्त कन्दङ्वालाई सात दिन कैद, रू. सात लाख ५० हजार जरिवाना र रू. ३० हजार पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो । शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी आज जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

    आफ्नै भिनाजुको हत्यामा संलग्न बुद्धशान्ति गाउँपालिका-५ का ३५ वर्षीय रोशन अधिकारी पक्राउ परेका छन् । सूचना अधिकारी रिजालका अनुसार अभियुक्त अधिकारी कात्तिक २२ गते राति भिनाजु नाता पर्ने ४५ वर्षीय धनबहादुर कटुवाललाई घरायसी विवादमा खुकुरीले प्रहार गरेर हत्या गरी फरार भएका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend