Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ


६, पुस २०८०
  • 124
    SHARES
  • यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

    काठमाडौँ । बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका वडा नं. ९ नयाँबसपार्कमा रहेका विभिन्न होटलरगेष्ट हाउसहरूमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने नुवाकोटको तादी गाउँपालिकाका सुमन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

    मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले बुधवार तामाङलाई पक्राउ गरी नाबालिकाहरुलाई उद्धार गरेको थियो । तामाङले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाई फकाई होटलरगेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भनी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनएको छ । 

    व्यूरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनीका अनुसार बालिकाहरूलाई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाए बापत ग्राहकहरूबाट प्रति व्यक्ति पाँच हजारदेखि सात हजार रुपैयाँ सम्म लिने गरेको खुल्न आएको छ । 

    तामाङले बालिकाहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई रेट निर्धारण गरी यौनजन्य कार्यको लागि पठाउने गरेको प्रहरीले जनाएको छ । यसै गरी होटलरगेष्ट हाउसहरूमा ग्राहकहरू ल्याउनको लागि एजेन्ट समेत नियुक्त गरेको पाइएको छ । ग्राहक ल्याए बापत प्रति व्यक्ति दुई सयदेखि एक हजार रुपैयाँ सम्म कमिसन दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    पीडित बालिकाहरूलाई विगत ५ महिनादेखि होटलरगेष्ट हाउसहरुबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको, पीडित बालिकाहरूको वास्तविक नाम परिवर्तन गरी नयाँ उपनाम दिई वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार : स्पा सेन्टरमा यौनधन्दा, नाबालिकालाई वेश्याबृत्तीमा लगाउने पक्राउ

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend