Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को महाअभियान माघ १ बाट सुरु हुने,प्रधानमन्त्री प्रचण्डले समुद्घाटन गर्ने 


१३, पुस २०८०
  • 184
    SHARES
  • अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को महाअभियान माघ १ बाट सुरु हुने,प्रधानमन्त्री प्रचण्डले समुद्घाटन गर्ने 

    गोपाल प्रसाद भट्टराई,अर्घाखाँची । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आसन्न माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा संचालन हुने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड माघ १ गते अर्घाखाँची आउन लाग्नुभएको हो । 

    विकासका लागि महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री सहित मुलुकका विशिष्ट व्यक्तित्व अर्घाखाँची आउने भएपछि कार्यक्रमको तयारीलाई तिव्र पारिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिनुभएको छ ।  

    गत पौष १ गते अभियानको लोगो सार्वजनिक गरेर कार्यक्रमको औपचारिक घोषणा गरेको पत्रकार महासंघले बिहिबार जिल्ला स्थित सरोकारवालासंग सर्वपक्षिय बैठक समेत गरेको छ । जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहको स्थल टुडिखेललाई तय गरेको छ । 

    ६ वटै पालिकाका प्रमुख,जिल्ला स्थित राजनितिक दलका प्रमुख,प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सहित पत्रकार तथा अन्य सरोकारवालाको बिशेष उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तिनवटा बिषयगत समिति समेत गठन गरेको छ । 

    पत्रकार महासंघ अर्घाखाँचीका सह–सचिव हृदयकुमार भुसालका अनुसार बैठकले पर्यटन राज्यमन्त्री शुसिला श्रीपाली संयोजक,प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी,प्रदेशसभासदस्य द्धोय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको ४ सदस्यिय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, ६ वटै पालिकाका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निदेशक समिति र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल संयोजक र कार्यसमिति सहित क्रियाशिल पत्रकार सदस्य रहेको मुल आयोजक समिति बनाएको छ । 

    शुक्रबार मुल आयोजक समितिको बैठक बसि तयारीलाई थप अगाडि बढाउने निर्णय भएको पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणी भुसालको भनाई छ । महासंघले जिल्लाका पर्यटकीय क्षेत्रको पहिँचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागेको पत्रकार महासंघ अर्घाखाँचीका सदस्य जितेन्द्र खत्रीले बताउनुभयो । “आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम संचालन गर्न लागिएको पत्रकार महासंघले जनाएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend